२०८२, २० असार शुक्रबार

काभ्रेको तेमालमा फुटबल मैदान निर्माण

काभ्रेको तेमालमा फुटबल मैदान निर्माण


काभ्रे तेमालको सस्र्यूर्खमा फुटबल मैदान निर्माण गरिएको छ । फुटबल मैदान तेमाल गाउँपालिका वडा नम्बर १ आधाबाट, रुपाटार चौरमा निर्माण गरिएको हो । फुटबल मैदान वडा कार्यालयको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको फुटबल मैदान निर्माण समितिका अध्यक्ष सूर्य बहादुर तामाङ (ज्याकी)ले जानकारी दिए ।

वडा कार्यालयको ३ लाख आर्थिक सहयोगमा मैदान निर्माण गरिएको अध्यक्ष तामाङले बताए । मैदान निर्माण भएपछि आधाबाट भेग आसपासका युवा तथा बालबालिकाहरुलाई फुटबल खेल्न सजिलो भएको स्थानीय युवा पूर्ण विकले बताए । पहिला सामान्य चौररहेको उक्त स्थानमा नै विभिन्न फुटबल प्रतियोगिता हुने गरेको थियो । तर अहिले मैदान फराकिलो बनेपछि त्यस्तो समस्या हटेको अध्यक्ष तामाङले बताए ।

स्थानीय तह निर्माण भएपछि तेमाल गाउँपालिका मै पहिलो पटक आधाबाटमा फुटबल मैदान निर्माण भएको हो । ५० मिटर लम्बाई र ३५ मिटर चौडाई भएको मैदान निर्माण पुरा भएकाले अब वडा, पालिका र क्षेत्रिय स्तरका प्रतियोगिता आयोजना गर्न सकिने स्थानीय युवा संग्राम तामाङले बताए ।

प्रकाशित मिति : २०७५, २३ बैशाख आईतबार  ९ : १५ बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको