२०८३, ३० आश्विन शनिबार

काभ्रेको तेमालमा फुटबल मैदान निर्माण

काभ्रेको तेमालमा फुटबल मैदान निर्माण


काभ्रे तेमालको सस्र्यूर्खमा फुटबल मैदान निर्माण गरिएको छ । फुटबल मैदान तेमाल गाउँपालिका वडा नम्बर १ आधाबाट, रुपाटार चौरमा निर्माण गरिएको हो । फुटबल मैदान वडा कार्यालयको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको फुटबल मैदान निर्माण समितिका अध्यक्ष सूर्य बहादुर तामाङ (ज्याकी)ले जानकारी दिए ।

वडा कार्यालयको ३ लाख आर्थिक सहयोगमा मैदान निर्माण गरिएको अध्यक्ष तामाङले बताए । मैदान निर्माण भएपछि आधाबाट भेग आसपासका युवा तथा बालबालिकाहरुलाई फुटबल खेल्न सजिलो भएको स्थानीय युवा पूर्ण विकले बताए । पहिला सामान्य चौररहेको उक्त स्थानमा नै विभिन्न फुटबल प्रतियोगिता हुने गरेको थियो । तर अहिले मैदान फराकिलो बनेपछि त्यस्तो समस्या हटेको अध्यक्ष तामाङले बताए ।

स्थानीय तह निर्माण भएपछि तेमाल गाउँपालिका मै पहिलो पटक आधाबाटमा फुटबल मैदान निर्माण भएको हो । ५० मिटर लम्बाई र ३५ मिटर चौडाई भएको मैदान निर्माण पुरा भएकाले अब वडा, पालिका र क्षेत्रिय स्तरका प्रतियोगिता आयोजना गर्न सकिने स्थानीय युवा संग्राम तामाङले बताए ।

प्रकाशित मिति : २०७५, २३ बैशाख आईतबार  ९ : १५ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा