२०८३, ९ आश्विन शनिबार

काभ्रेमा पहिलो पटक सहकारीको आफ्नै डिपाटमेण्ट स्टोर (फोटो फिचर)

काभ्रेमा पहिलो पटक सहकारीको आफ्नै डिपाटमेण्ट स्टोर (फोटो फिचर)


धुलिखेलमा रहेको सारथी बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लामै पहिलो पटक डिपाटमेण्ट स्टोर सञ्चालनमा ल्याएको छ । नयाँ वर्षको शुभारम्भसँगै उसले ‘सारथी मार्ट’ सञ्चालनमा ल्याएको हो ।

सारथी मार्ट धुलिखेलको पुरानो बसपार्कमा रहेको छ । मार्टको राष्ट्रिय सहकारी संघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष मिनराज कडेलले एक कार्यक्रमका बीच उद्घाटन गरे । मार्टमा सहकारीमा आबद्ध सदस्यहरुले हरेक सामानको खरिदमा ५ प्रतिशत छुट पाउने छन् । आधुनिक र ब्यवस्थित ढंगबाट सञ्चालनमा ल्याइएको मार्टमा राजधानीमा उपलब्ध सबै सामान एकै छाना मुनि ग्राहक पाउने छन् ।

अहिले १ करोड ५० लाख बराबरको लगानीमा सञ्चालनमा ल्याइएको मार्टमा लगानी अझै बढ्दै जाने सारथी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिलिप शार्माले बताए । उनका अनुसार मार्टमा अहिले कपडा बाहेक सबै सामान उपलब्ध छन् । धुलिखेलका होटल, काठमाण्डौँ विश्वविद्यालय र धुलिखेल अस्तापाल जस्ता ठूला संस्थामा कार्यरत सेवाग्रही बढी लाभान्वित हुने भएका छन् ।

त्यस्तै धुलिखेल घुम्न आएका आन्तरिक तथा बाह्य पर्टकहरुलाई समेत गुणस्तीय सामान खरिद गर्न अनेत्र जानु पर्ने बाध्यता टरेको छ । “अब धुलिखेल घुम्न आएका, यहाँ सञ्चालनमा रहेका ठूला होटलहरुलाई सरसमान खरिद गर्न निकै सजिलो भएको छ, अध्यक्ष शार्माले भने “हरेक सामान गुणस्तरीय छन्, कपडा बाहेक सबै सामान एकै छानामुनि उपभोक्ताले लिन पाउँछन् ।”

प्रकाशित मिति : २०७५, १८ बैशाख मंगलबार  ८ : ०६ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा