२०८३, ३० आश्विन शनिबार

अरनिकाे यातायात समिति अब कम्पनीमा

अरनिकाे यातायात समिति अब कम्पनीमा


काभ्रे सहित राजधानीपूर्वका जिल्लामा यातायात सञ्चालन गर्दै अाएकाे अरनिकाे यातायात सेवा समिति अन्ततःकम्पनीमा दर्ता भएको छ । सरकारले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेपछि अरनिको यातायात सेवा समितिले कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर कम्पनी दर्ता गरेको हो । कम्पनी रजिष्ट्ररको कार्यालय स्रोतले समिति अन्तर्गतका व्यवसायीले अरनिको यातायात नामकाे कम्पनी दर्ता गराएको बताएको छ ।

यद्यपि, अरनिको यातायात सेवा समितिले भने आफू कम्पनीमा नगएको दावी गरेको छ । अरनिको यातायात सेवा समितिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा लगायतका जिल्लामा झण्डै ४५ वर्षदेखि अरनिको राजमार्ग सहित अन्य सहायक सडकहरूमा एकलौटी यातायात सञ्चालन गर्दै आइरहेको थियो । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकाे अरनिको यातायात सेवा समितिले बस ब्यवसायीसँग लाखौँ रकम लिएर  रुट दिदैँ आएको थियो । अब कम्पनीमा दर्ता भएसँगै सरकारलाई कर तिर्नुपर्ने भएको छ । यसअघि करकाे दायरामा अरनिकाे यातायात समिति  थिएन् ।

अहिले आन्दोलन घोषणा गरेका यातायात समितिहरू गुपचुप रुपमा कम्पनीमा दर्ता गरिरहेको स्रोतले बताएको छ । सिन्डिकेटप्रति सरकार कठोर बनेपछि कम्पनीमा जानैपर्ने भएकाले उनीहरूले कम्पनीका लागि प्रक्रिया पुर्‍याइरहेका छन् । समितिका अध्यक्ष श्याम लामाले आफूहरूले कम्पनी दर्ता नगराएको दावी गरे । उनले घोषित आन्दोलनमा आफूहरूले सहभागिता जनाइरहेको र सञ्चारमाध्यमले कम्पनीमा गएको प्रचारवाजी मात्रै गरिरहेको बताए । १८ चैत यता २४ वटा यातायात कम्पनी कार्यालयमा दर्ता भएका छन् । उपरजिष्ट्रार राजेन्द्र थापाका अनुसार यो अवधिमा ६५ वटा कम्पनीको नाम स्वीकृत भएका छन् भने ८१ वटाको अस्वीकृत भएका छन् ।

प्रकाशित मिति : २०७५, १७ बैशाख सोमबार  ८ : १३ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा