२०८३, १८ भाद्र शुक्रबार

भारत र पाकिस्तानी सैनिक बीच युद्ध हाेइन, पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्दै

भारत र पाकिस्तानी सैनिक बीच युद्ध हाेइन, पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्दै


तनावपूर्ण सम्बन्धमा रहेका दुई छिमेकी मुलुक भारत र पाकिस्तानले पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्न लागेका छनु । आउँदो सेप्टेम्बरमा रसियामा हुने अन्तरदेशीय प्रतिआतंकवाद अभ्यासमा भारत र पाकिस्तानले सँगै सैन्य अभ्यास गर्न लागेका हुन् । भारतीय रक्षा मन्त्री निर्मला सिथारमनले भारतीय समाचार संस्था पीटीआईसँग यो कुराको पुष्टि गरेकी छन् ।सांघाइ कोपरेसन अर्गनाइजेसन (ओएससीओ) ले आयोजना गरेको उक्त संयुक्त सैन्य अभ्यासमा चीनसहित एससीओका सदस्य राष्ट्र सहभागी हुनेछन् ।

यो सैन्य अभ्यास रसियाको युराल पर्वतमा हुने सम्भावना छ । यसको मुख्य उद्देश्य सांघाइ कोअपरेसन अर्गनाइजेसन (एससीओ) का सदस्य राष्ट्रको आतंकवाद विरुद्धको सहकार्य अभिवृद्धि गर्नु हो । भारत र पाकिस्तानका सैनिकहरुले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सँगै काम गरे पनि संयुक्त सैन्य अभ्यास हुन लागेको भने ती राष्ट्रहरु स्वतन्त्र भएपछि नै पहिलो पटक हो ।

उक्त कार्यक्रममा भारत र चीनबीच रोकिको द्विपक्षीय सैन्य अभ्यास पनि नियमित हुने अनुमान गरिएको छ । जुन गत वर्ष डोकलाम घटनापछि रोकिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको अनौपचारिक कुराकानीमा दुबै नेताले आपसी समझादारी कायम गर्न, सञ्चार सम्पर्क बलियो बनाउन र सीमा क्षेत्र व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गरेका थिए । सांघाइ कोअपरेसन अर्गनाइजेसनको स्थापना सन् २००१ मा भएको हो । हाल यसको अध्यक्षता रसियाले गरेको छ ।

प्रकाशित मिति : २०७५, १६ बैशाख आईतबार  ५ : ४३ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन