२०८३, २० आश्विन बुधबार

काभ्रेको पनौतीमा पर्यटन महोत्सव र बनेपामा कृषि मेला जारी

काभ्रेको पनौतीमा पर्यटन महोत्सव र बनेपामा कृषि मेला जारी


काभ्रेको दुई नगरपालिकामा आइतबार पनि महोत्वस र मेला जारी छ । पनौतीमा विहावर पर्यटन महोत्सव चलिरहेको छ भने बनेपामा कृषि मेला । शनिबार सुरु भएको विहावर पर्यटन महोत्सव सोमबार सकिदैछ । पर्यटन महोत्सवमा जारी महोत्सवमा प्याराग्लाइडिङ देखि हाइकिङको आनन्द र ट्राउट माछा देखि गुन्द्रुक, ढिंडोको स्वाद आन्तरिक पर्यटकहरुले लिइरहेका छन् ।

पनौती नगरपालिकाको वडा नम्बर २ गुर्दुमडाँडाबाट प्याराग्लाइडिङमा उडन पाइन्छ । २४ सय मिटर उचाईमा रहेको गुर्दुमडाँडाबाट उडेको प्याराग्लाइडिङ पनौती नगरपालिकाको कै वडा नम्बर ३ घिमिरे गाउँमा अतवरण हुन्छ । उक्त डाँडाबाट अवतरण स्थलसम्म पुग्न १० देखि १५ मिनेटसम्म लाग्ने गरेको पाइलटहरुले बताएका छन् । महोत्सव अवधिभर ३ हजार रुपैयाँमा प्याराग्लाइडिङ चड्न पाउने ब्यवस्था मिलाइएको छ ।
महोत्सवमा ट्राउट माछा, अर्गानिक मह, दुधका विभिन्न परिकार, ढिंडो, गुन्द्रुक, मकैका पिठोका परिकार, विहावर भेगमा उत्पादन हुने तरकारी तथा फलफुल र तिनका परिकार स्टल राखिएका छन् । महोत्सवमा हाफ म्याराथन, साइक्लिङ र हाइकिङको समेत ब्यवस्था गरिएको छ । गुर्दुमडाँडा र नागीडाँडाबाट सगरमाथा, गणेश, माछापुच्छे« लगायत हिम श्रृंखलाहरुको दृश्य अवलोकन गर्न सकिनेछ ।

यता जिल्लाको ब्यापारिक नगर बनेपामा चलेको कृषि मेलामा करेसाबारीमा लगाउने तरकारीका बीउ देखि दैनिक भान्सामा पाक्ने तरकारी किन्न पाइन्छ । जिल्ला भित्र उत्पादन भएका ताजा तरकारी किन्न मात्रै होइन् फलाउने तरकारी पनि सिक्न पाइन्छ, उक्त मेलामा । त्यस्तै कृषिलाई चाहिले आधुनिक औजार पनि किन्न पाइने ब्यवस्था आयोजकले मिलाएको छ ।

प्रकाशित मिति : २०७५, १६ बैशाख आईतबार  ५ : ०० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको