२०८३, १८ भाद्र शुक्रबार

उपत्यका योगी किरण, योगीनी करिष्मा बनिन् 

उपत्यका योगी किरण, योगीनी करिष्मा बनिन् 


बनेपा, बैशाख ९ । नेपाल योग खेलकूद संघ काभ्रेले उपत्यकाव्यापी योग खेलकूद प्रतियोगिता सम्पन्न गरेको छ । काभ्रेको बनेपास्थित काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लिको प्राङ्गणमा सम्पन्न गरेको प्रतियोगितामा विभिन्न उमेर समूहमा विभाजन गरि प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई ट्रफि, प्रमाण पत्र तथा नगद सम्मान गर्दै युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले योग खेलकूदको विकासमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले योग खेलकूदका लागि रकारको तर्फबाट आवश्यक सहयोग गर्ने पनि बताए । कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले योग हरेक व्यक्तिले गर्न सक्ने, कुनै उमेर समूहले नछेक्ने हुँदा यसको विकासमा राज्यले सहयोग गर्ने बताउँदै आफुले योग खेलकूदको विकासमा अग्रसरता रहने बताए ।  दुई दिनसम्म चलेको प्रतियोगितामा ११ देखि १७ वर्षसम्मको उमेर समुह पुरुषमा काभ्रेका किरण न्यौपाने प्रथम हुँदा सोही उमेर समुहमा काठमाडौंका कविराज दंगाल द्धितिय भए । सोही उमेर समुहमा महिलातर्फ करिष्मा घिमिरे प्रथम र तुलसी महासेठ द्धितिय भईन् । सोही उमेर समुह अन्तर्गत पुरुष समुह तर्फबाट पुसत्य घिमिरे, मनिष श्रेष्ठ र विजय जिसी हुँदा महिलातर्फबाट करिष्मा घिमिरे, सपना महासेठ र तुलसी महासेठले टोली प्रथम भयो ।

त्यस्तै १८ देखि ४८ वर्ष उमेर समुहमा एकल पुरुषतर्फ गम्भिर श्रेष्ठ प्रथम हुँदा सोही उमेर समुहमा एकल महिलातर्फ रमा कार्की प्रथम भईन् । सोही उमेर समूह अन्तर्गत समुह पुरुषमा महेन्द्र राई, न्हुछेराम मानन्धर र प्रवास थापा मगर प्रथम भए । सोही उमेर समुहको महिला समूहतर्फबाट रमा कार्की अम्बिका पोखरेल र लक्ष्मी भण्डारीको समुह प्रथम भयो ।
त्यस्तै ५० भन्द बढी उमेर समुहमा पुरुष तर्फ एकलबाट कृष्ण प्रसाद नराल प्रथम हुँदा सोही उमेर समुहमा महिला एकल तर्फ अष्टलक्ष्मी श्रेष्ठ प्रथम भईन् । प्रतियोगितामा उपत्यकाव्यापी योगीको किरण न्यौपानेले चुमे भने उपत्यकाव्यापी योगीनीको उपाधी करिष्मा घिमिरेले चुमिन् ।

दुई दिनसम्म चलेको कार्यक्रममा नेपाल योग खेलकूद संघ काभ्रेका अध्यक्ष पूर्णचन्द्र सिग्देलले जिल्ला समिति गठन भएको छ महिना पनि नपुग्दै उपत्यकाव्यापी योग खेलकूद गर्न सफल भएकोका खुशी व्यक्त गरेका थिए । संघको उपाध्यक्ष समेत रहेका प्रचार संयोजक भेषराज शाहले प्रतियोगीता सफल बनाउन सहयोगी सम्पूर्ण संघ संस्थाहरुलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २०७५, ११ बैशाख मंगलबार  ९ : ३० बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन