२०८३, १ श्रावण शनिबार

रुखको जरा छोरीलाई दाइजो, नातीलाई उपहार

रुखको जरा छोरीलाई दाइजो, नातीलाई उपहार


सिन्धुली / मानिस राजनीतिमा लागेपछि अन्य पेशा छोडेको धेरै देख्न र सुन्ने पाइन्छ । तर यसको विपरित देखिएका छन् सिन्धुलीको ढकाल गाउँका विश्वम्भर लामिछाने । जागरले जस्तो सुकै काम पनि सिक्न र गर्न सकिन्छ भन्ने उदाहरण बनेका उनी ।

रुखका जराको सदुपयोग, त्यो पनि विभिन्न घटना क्रमलाई समेटिएका कलामा कुदेर, उनी उदाहरण बनेका हुन । उनका लागी जराकला सिकाउने कुनै गुरु थिएनन । जराबाट पनि केहि बनाउन सकिन्छ भन्ने सोँचेर उनले थाले अभियान अहिले सफल भएको छ ।

राजनीतिक, आर्थिक, सामाजिक र व्यक्तित्व लगायतका विषय बस्तुका मुर्ति तयार गरि कमलामाई नगरपालिका ५ ढकाल गाउँका लामिछाने जरा कला मै आफ्नो फुर्सदको समय सदुपयोग गरिरहेका छन ।  उमेरले ५० को हाराहारी पुगेका लामिछाने पेशाले कानुन व्यवसायी हुन् । झन्डै २५ वर्ष भयो उनी कानुन व्यवसायीमा लागेको । खान र जहान पाल्न उनले कानुन व्यवसायी पेशा गरेपनि उनी कला प्रति उत्तिकै लगनशिल छन । घरमा बसेको समयमा साथिभाईसँग गफ गर्दा समेत उनले हातमा रुखका जरा लिएर खुर्कन थाल्छन ।

उनले अहिलेसम्म ३ सय जति आफना कला बनाइसकेका छन । एक वटा पनि विक्री गरेका छैनन । ‘मैले एउटा छोरीलाई दाइजो (उपहार) दिएँ, एउटा नातीलाई उपहार दिए, बाँकी सवै राखेको छु’ – लामीछानेले भने– ‘विक्री गर्नु नै म मर्नु हो कीनकी मैले बेचेको कला पछि कसले बनाएको हो कसैलाई थाहा हुँदैन । त्यसैले बेचेको छैन ।’ घरमा राखिएका कलाहरु हेर्न भने जो कोहिलाई सधै दिने गरेका छन ।  युद्धमा जनताको अवस्था देखाउने होस वा राष्ट्रका चर्चित भानुभक्त जस्ता कवि, रामायणकी पतिवर्ता सिता होस वा दासताको शिकार भएका महिला, पासाङ होस वा तेञ्जिङ शेर्पा सवैका मुर्तिहरु जस्ताको तस्तै उनले उतारेका छन । कोठाभरी सजाएर राखिएका रुखका जराहरुका प्राकृतिक चिज, जीव जनावर, सहिद गेट र चरा पनि उनले कलामा उतार्न भ्याएका छन् ।

उनीसँग जुत्ताले महिलाको शिरमा कुचिरहेको एउटा मुर्ति छ । यो मुर्तिले परम्पराले महिलालाई कसरी दास बनाएको छ भन्ने प्रस्ट देखाउन खोजेको उनले बताए । ‘मैले यो मुर्ति बनाए पनि मैले श्रीमतिलाई न्याय गरेको छैन’– मुर्ति समाउँदै लामिछानेले थपे, ‘हामीलाई परम्परा मेट्न साह्रै गाह्रो हुदोरहेछ ।’  उनलाई एउटा मुर्ति बनाउन कम्तिमा १५ दिन देखी बढीमा ६ महिना लाग्छ । लगानीको कुनै सिमा हुँदैन । हालसम्म १ लाखको हाराहारीमा उनले खर्च पनि गरिसकेका छन । द्वन्द्वका बेलामा उनले चिया पिउने पैसा बचाएर कला बनाउने पेन्टहरु पनि किने । ‘श्रीमतिले स्कुलमा पढाएर ल्याएको पैसा समेत जरा कलामा प्रयोग गरेँ’ लामिछानेले द्धन्द्धको वेला व्यवसाय नचले पछिका दिनलाई सम्झे ।

लामिछाने केहि समय राजनीतिमा पनि सक्रिय भए । वि.सं २०५१ सालमा भएको संसदिय निर्वाचनका नेकपा संयुक्त माक्र्सवादीको तर्फबाट सिन्धुली क्षेत्र नम्वर २ का उमेदवार पनि हुन उनी । चुनावमा हारेपछि उनी राजनीतिमा कम क्रियाशिल रहे । त्यसपछि वढी समय उनले सामाजिक क्षेत्रमा दिन थालेका छन । उनी २०५८ सालमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको सभापति भएर काम पनि गरे । राजनीति क्षेत्र भन्दा कला र सामाजिक क्षेत्रमा नै रमाउन थालेको उनले बताए ।

प्रकाशित मिति : २०७५, १० बैशाख सोमबार  १० : १२ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित