२०८३, १५ कार्तिक आईतबार

मयूर यातायातका चालकमाथि कुटपिट

मयूर यातायातका चालकमाथि कुटपिट


काठमाडौबाट पनौतीका लागि यात्रु लिएर आएको मयूर यातायात प्रालिको बस चालकमाथि काभ्रेको साँगामा कुटपिट भएको छ । बा ५ ख १५४६ नम्बरको चालक रामेश्वर सुनुवार आइतबार साँझा काभ्रे मिनिबस सेवा समितिका चालक र सहचाकले कुटपिट गरेका हुन् ।

कुटपिटबाट चालक सुनुवार सामान्य घाइते भएको प्रहरीले जनाएको छ । सागाँमा काभ्रे मिनिबस सेवा समिति अन्र्तगत सञ्चालनमा रहेको बा ५ ख २६३९ नम्बरको बस चालक र सहचालकले यात्रु चढाउने विषयलाई लिएर मयूर यातायातका चालकलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

कुटपिटमा संग्लन रहेका ५ जनालाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए । थापाका अनुसार पक्राउ पर्नेहरुमा काभ्रे मिनिबसका सुमन श्रेष्ठ, परिचन्द्र श्रेष्ठ, सुमन धिमाल, विजय थापा र तिर्थ तिया रहेका छन् ।

प्रकाशित मिति : २०७५, ९ बैशाख आईतबार  ८ : २५ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग