२०८३, १३ कार्तिक शुक्रबार

सांसद नविना लामाको विवाह बैशाख १३ गते, प्रमुख अतिथि प्रधानमन्त्री

सांसद नविना लामाको विवाह बैशाख १३ गते, प्रमुख अतिथि प्रधानमन्त्री


काठमाडौं । अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभामा नेकपा एमालेकी सांसद नविना लामा वैशाख १३ गते वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् ।

लामाले अनेरास्ववियुकै पूर्व नेता प्रवीण श्रेष्ठसँग रहेको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन्। काभ्रेको मादन कुडारीमा जन्मेकी नविना लामाले काभ्रेकै पाँचखाल नगरपालिकाका प्रविण श्रेष्ठसंग विवाह गर्न लागेकी हुन् ।  नविना र प्रविणले वैवाहिक समारोहको प्रमुख आतिथ्यका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निम्ता दिएका छन् । विवाह आर्मी अफिसर्स क्लब काठमाडौंमा हुने परिवार स्रोतले जनाएकोछ ।

अनेरास्ववियुको अध्यक्ष भएपछि विहे गर्ने घोेषणा गरेकी नविना लामाले विवाहलाई सामान्य रुपमा सम्पन्न गर्ने योजना रहेको लामाले बताइन् ।

प्रकाशित मिति : २०७४, २९ चैत्र बिहीबार  ७ : १४ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित