२०८३, १९ श्रावण बुधबार

गल्ती स्वीकार गर्दै जनप्रतिनिधिसँग माफी मागे हार्डवेयर सञ्चालकले

गल्ती स्वीकार गर्दै जनप्रतिनिधिसँग माफी मागे हार्डवेयर सञ्चालकले


बनेपा । गत आइतबार बनेपा नगरपालिका वडा नं. ६ को बुडोल डाँडामा रहेको खानीखोला इन्टरप्राइजेज र स्थानीय नगरबासी बीचको विवादलाई समझदारीमा मिलाइएको छ । झडपमा नै उत्रिएका व्यवसायी सुधिर श्रेष्ठले नगरको सबै नियमको पालना गरी अभियानलाई साथ दिने प्रतिवद्धता जनाएपछि विवादलाई मिलापत्रमा टुंग्याइएको हो ।

उक्त इन्टप्राइजेजले आफ्नो हार्डवेयरका सामानबाट नगरले निर्देशित गरेको नियम विपरित फुटपाथलाई कब्जा जमाउँदै व्यवसाय सञ्चालन गरेकाले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसँग विवाद बढेको थियो । नगरको अनुरोधलाई समेत सञ्चालक श्रेष्ठले अटेर गरेपछि नगरको अगुवाईमा सञ्चालित अभियानमा सहभागी स्थानीयबासी र सञ्चालक सुधिर श्रेष्ठका बीचमा मुक्कामुक्की नै चलेको थियो । खानीखोला इन्टरप्राइजेजका सञ्चालक श्रेष्ठले बनेपा नगरका जनप्रतिनिधिमाथि समेत दुव्र्यवहार गर्दैै खनिएपछि स्थानीय र श्रेष्ठबीच दोहोरो झडप हुँदा घाइते भएका एक स्थानीयलाई अस्पताल भर्ना गरिएको थियो ।

झडपपछि श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक मुद्दा दायर ग¥यो । तीन दिनसम्म श्रेष्ठलाई प्रहरी हिरासतमा राखियो । त्यसपछि श्रेष्ठले आफ्नो कमजोरीलाई स्वीकार गरे । निर्वाचित प्रतिनिधिहरुसँग माफी माग्दै नगरको नियमको पालना गर्न आफू प्रतिवद्ध रहेको व्यहोरामा सञ्चालक श्रेष्ठले हस्ताक्षर गरेपछि मिलापत्र गरिएको बनेपा नगर श्रोतले बताएको छ । उनले आफूबाट बनाइएको पक्की भवनको नक्शा पास, व्यवसायलाई नगरपालिकाको करको दायरामा ल्याउने र नगरको सबै अभियानमा आफू पनि सहभागी हुने प्रतिवद्धता जनाएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख, स्थानीय अगुवा र नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेको रोहवरमा मिलापत्र भएको थियो । श्रेष्ठद्वारा हातपात गरी घाइते बनाइएका एक स्थानीयको उपचार खर्च समेत उनै श्रेष्ठद्वारा व्यहोेरिने सहमति पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७४, २७ चैत्र मंगलबार  १० : ०५ बजे

ओली ब्याक भएपछि कोशीमा हिक्मत कार्कीलाई निरन्तरता, उपयुक्त समयमा मात्रै नेतृत्व परिवर्तन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले अब पिपल्स

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा