२०८२, २४ असार मंगलबार

योग खेलकुद संघ काभ्रेले योग प्रतियोगिता गर्दै

योग खेलकुद संघ काभ्रेले योग प्रतियोगिता गर्दै


बनेपा । नेपाल योग खेलकुद संघ काभ्रेले आगामी बैशाख ८ र ९ गते काभ्रेको बनेपामा प्रथम उपत्यका व्यापी योग खेलकुद प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगितामा उपत्यकाका तीन र काभ्रेका योग साधक तथा साधिकाहरुले सहभागिता जनाउने प्रचार संयोजक भेषराज शाहले बताएका छन् । सहभागी साधक÷साधिकाहरुलाई सहभागिता जनाउने जिल्ला संघहरुले छनौट गरी पठाउने छन् । प्रचार संयोजक शाहकाअनुसार प्रतियोगितामा एक जिल्लाबाट १० जनाले सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागीहरुले योग साधनामा उत्कृष्ट प्रदर्शन गर्नेलाई अंक तालिकाका आधारमा नगद, मेडल सहित पुरस्कृत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन विद्यार्थी समुहका लागि ११ देखि १७ वर्ष, युवाका लागि १८ देखि ४९ वर्ष र ५० वर्ष उमेरभन्दा माथिका उमेर समुहले छुट्टाछुट्टै सहभागिता जनाउन सक्नेछन् । प्रतियोगतालाई भव्यतापूर्वक सम्पन्न गर्नका लागि नेपाल योग खेलकुद संघ काभ्रेले विभिन्न उप–समितिहरुको गठन गरी तयारीलाई तीब्रता दिएको प्रचार संयोजक शाहले बताएका छन् । नेपाल योग खेलकुद संघ केन्द्रले गत माघमा राष्ट्रिय प्रतियोगिता ईटहरीको रंगशालामा सम्पन्न गरेपछि नेपाल योग खेलुकुद संघ काभ्रेले प्रथम उपत्याकाव्यापी योग खेलकुद प्रतियोगिता गर्न लागेको हो ।

तियोगिताबाट स्वस्थ जीवनका लागि उल्लेख्य योगदान पुग्ने विश्वास आयोजकले गरेको छ । योग खेलकुद संघलाई यसै वर्ष मात्रै खेलकुद परिषले मान्यता दिएको थियो । आयोजक संस्थाले निरोगिता र दीर्घ जीवन जीउनका लागि सबै उमेर समुहकाले योग खेलमा सहभागीता जनाउन समेत आव्हान गरेको छ ।

प्रकाशित मिति : २०७४, २७ चैत्र मंगलबार  ५ : ४७ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज