२०८३, २२ आश्विन शुक्रबार

योग खेलकुद संघ काभ्रेले योग प्रतियोगिता गर्दै

योग खेलकुद संघ काभ्रेले योग प्रतियोगिता गर्दै


बनेपा । नेपाल योग खेलकुद संघ काभ्रेले आगामी बैशाख ८ र ९ गते काभ्रेको बनेपामा प्रथम उपत्यका व्यापी योग खेलकुद प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगितामा उपत्यकाका तीन र काभ्रेका योग साधक तथा साधिकाहरुले सहभागिता जनाउने प्रचार संयोजक भेषराज शाहले बताएका छन् । सहभागी साधक÷साधिकाहरुलाई सहभागिता जनाउने जिल्ला संघहरुले छनौट गरी पठाउने छन् । प्रचार संयोजक शाहकाअनुसार प्रतियोगितामा एक जिल्लाबाट १० जनाले सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागीहरुले योग साधनामा उत्कृष्ट प्रदर्शन गर्नेलाई अंक तालिकाका आधारमा नगद, मेडल सहित पुरस्कृत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन विद्यार्थी समुहका लागि ११ देखि १७ वर्ष, युवाका लागि १८ देखि ४९ वर्ष र ५० वर्ष उमेरभन्दा माथिका उमेर समुहले छुट्टाछुट्टै सहभागिता जनाउन सक्नेछन् । प्रतियोगतालाई भव्यतापूर्वक सम्पन्न गर्नका लागि नेपाल योग खेलकुद संघ काभ्रेले विभिन्न उप–समितिहरुको गठन गरी तयारीलाई तीब्रता दिएको प्रचार संयोजक शाहले बताएका छन् । नेपाल योग खेलकुद संघ केन्द्रले गत माघमा राष्ट्रिय प्रतियोगिता ईटहरीको रंगशालामा सम्पन्न गरेपछि नेपाल योग खेलुकुद संघ काभ्रेले प्रथम उपत्याकाव्यापी योग खेलकुद प्रतियोगिता गर्न लागेको हो ।

तियोगिताबाट स्वस्थ जीवनका लागि उल्लेख्य योगदान पुग्ने विश्वास आयोजकले गरेको छ । योग खेलकुद संघलाई यसै वर्ष मात्रै खेलकुद परिषले मान्यता दिएको थियो । आयोजक संस्थाले निरोगिता र दीर्घ जीवन जीउनका लागि सबै उमेर समुहकाले योग खेलमा सहभागीता जनाउन समेत आव्हान गरेको छ ।

प्रकाशित मिति : २०७४, २७ चैत्र मंगलबार  ५ : ४७ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य