२०८३, २९ आश्विन शुक्रबार

ओलीको असलि ‘राष्ट्रवाद’ भारत पुगेपछि देखियाेः काँग्रेस नेता सिंह

ओलीको असलि ‘राष्ट्रवाद’ भारत पुगेपछि देखियाेः काँग्रेस नेता सिंह


नेपाली कांग्रेसका नेता   प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘उग्र राष्ट्रवाद’ भारत पुगेपिछ छर्लङग भएको बताएका छन् । प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले विगतमा ओली भारत विरोधीका रुपमा प्रस्तुत भएको तर प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमै गरेर आफ्नो ‘उग्र राष्ट्रवाद’ छर्लङ्ग पारेको तर्क गरे। ‘विगतमा उहांको उग्र राष्ट्रवाद कसरी प्रस्तुत भएको थियो, आखिर भ्रमण त भारतकै गरेर देखाउनु भो नि,’ सिंहले भने, ‘उहाँको राष्ट्रवादको विषय इतिहासले मूल्याङकन गर्नेछ ।’

नेता सिंहले प्रधानमन्त्रीको भारत भ्रमणलाई अहिल्यै सफल र ऐतिहासिक भन्न नसकिने बताए । ‘उहाँले गरेका समझदारी कार्यान्वयनमा आएर जनताले अनुभूत गर्न पाएछन् भने भ्रमण सफल भएको मान्न सकिन्छ ।’ नेता सिंहले सरकारले गर्ने राम्रा निर्णय र समृद्धिको अभियानको कांग्रेसको रचनात्मक साथ र समर्थन रहने बताए । तर, लोकतन्त्रका मूल्य मान्यताको तल माथि गरे चुप लागेर नबस्ने बताए ।

प्रकाशित मिति : २०७४, २५ चैत्र आईतबार  १ : ३६ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा