२०८२, ४ कार्तिक सोमबार

हिन्दू धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार,घटनास्थलमा मंगोल आर्मीको पर्चा भेटियो

हिन्दू धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार,घटनास्थलमा मंगोल आर्मीको पर्चा भेटियो


हिन्दू धर्मगुरु आचार्य श्रीनिवास माथि गोली प्रहार भएको छ । विरानगरको जतुवामा बस्दै आएका आचार्य श्रीनिवासलाई अज्ञात समूहले गोली हानेर घाइते बनाएको छ । गोली लागेर घाइते भएलगत्तै उनलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । आइतबार बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।

घटनास्थलमा मंगोल आर्मीको पर्चा भेटियो

हिन्दु धर्म गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार कसले गर्‍यो भनेर एकीन जानकारी आएको छैन तर, घटनास्थलमा ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा भेटिएको छ । त्यसैले गोली प्रहारमा पनि उसैको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

‘घटनास्थलमा चेतावनीपूर्ण पर्चा मंगोलिन आर्मीले छाडेको भेटिएको छ,’ मोरङका प्रहरी नायव उपरिक्षक विष्णुहरी कोइरालाले अनलाइनखबरसँग भने, ‘प्रारम्भिक अनुसन्धानको अवस्थामा उनीहरुकै संलग्नता भएको देखिन्छ ।’ पर्चामा ‘भारतको दलाली गर्नेहरुलाई ठेगान लगाउने अभियान’ शुरु गरेको उल्लेख छ । तर गोली प्रहार गरेको भनेर स्पष्ट रुपमा पर्चामा उल्लेख छैन ।

आक्रमणको निन्दा

सुनसरीको प्रकाशपुर आश्रममा बस्दै आएका आचार्य श्रीनिवास शनिवार साँझ विराटनगर आएका थिए । विराटनगर जतुवाकी शिष्य अनिता ढकाल यादवसहितको टोलीले आयोजना गरेको श्रीमद भागवत सप्ताहको लागि आचार्य विराटनगर आएका हुन् । आइतबारदेखि सुरु हुने श्रीमद भागवतमा आचार्यलाई मुख्य पुराण बाचकको रुपमा निम्ता गरिएको थियो ।

श्रीमद भागवत सप्ताह आयोजक समितिले उनलाई जतुवामै बासको व्यवस्था मिलाएको थियो । आचार्यलाई हत्या गर्ने उद्देश्यले गोली हानिएको भन्दै विरोध भएको छ । प्रदेश नं. १ का सांसद जयराम यादवले श्रीनिवासमाथिको आक्रमण सम्पूर्ण हिन्दु धर्ममाथिको आक्रमण भएको टिप्पणी गरेका छन् । उनी पुराण आयोजना गरिएको वडाका निवासीसमेत हुन् । स्थानीय भएकाले पुराण आयोजनामा यादवको  पनि प्रत्यक्ष संलग्नता छ । उनले आक्रमणमा संलग्नहरुलाई तत्काल नियन्त्रणमा लिएर कडा कार्वाहीको मागसमेत गरेका छन् ।

प्रकाशित मिति : २०७४, २५ चैत्र आईतबार  १२ : २१ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,