२०८३, ३० आश्विन शनिबार

बनेपाका वडाध्यक्ष केसीमाथि हातपातकाे प्रयास गर्ने श्रेष्ठ पक्राउ

बनेपाका वडाध्यक्ष केसीमाथि हातपातकाे प्रयास गर्ने श्रेष्ठ पक्राउ


बनेपा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सचितानन्द केसीमाथि हातपातकाे प्रयास गर्ने बुडोलका एक ब्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रहरीले बुडोलमा रहेको खानीखोला इन्टरप्राइजेजका सञ्चालक सुधिर श्रेष्ठलाइ इलाका प्रहरी कार्यालयका प्रहरी प्रमूख शुनिल जंग शाहको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सडकको दायाँबायाँ फराकिलो पार्ने वडाको अभियानमा असहयोग गर्दै आएका श्रेष्ठले आइतबार बिहान वडाध्यक्ष केसी र स्थानीय इश्वर केसीमाथिकाे  हातपात प्रयास गरेका थिए । घाइते केसीको खुट्टामा चोट लागेको छ । उनको अहिले शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । फराकिलो बनाएको सडकमा इन्टरप्राइजेजका सञ्चालक श्रेष्ठले गाडी पार्किङ गरी राखेको र उक्त गाडी हटाउन आग्रह गर्दा श्रेष्ठले वडाध्यक्ष केसीलाई “तँ यहाँको राजा होस्, र मैले गाडी हटाउनुपर्ने भन्दै हातपात गरेका थिए ।”

पक्राउ गरेका श्रेष्ठलाई अहिले इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ । वडाध्यक्ष केसीलाई यसअघि पनि सडक अतिक्रमण गरिरहेका विभिन्न ब्यक्तिहरुले आक्रमणको प्रयास गरेका थिए । बनेपाको चण्डेश्वरीखोला देखि धुलिखेलसम्मको सिमानामा सडक दायाबायाँ फराकिलो बनाएर वडाध्यक्ष केसी चर्चामा छन् ।

प्रकाशित मिति : २०७४, २५ चैत्र आईतबार  १२ : ०६ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा