२०८३, २७ असार आईतबार

वैशाख २ गतेबाट देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

वैशाख २ गतेबाट देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने


सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको अन्तक्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन पाठ्यपुस्तकसहित वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गरिने बताए ।

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली वैशाख ५ गते कर्णाली पुगी एकजना विद्यार्थीलाई भर्ना गराउनेछ्न् । उनले यसपटकको भर्ना अभियान स्थानीय तहका जनप्रतिनिधि, सामाजमा योगदान पु¥याएका विशिष्ट व्यक्ति, शिक्षाप्रेमी, वुद्धिजीवी र राजनीतिक व्यक्तिलाई पनि सामेल गराई अधिकतम विद्यार्थीलाई विद्यालयमा भर्ना गराउने जानकारी गराए ।

ती व्यक्तिलाई ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइको स्थायित्व’ भन्ने नाराका साथ विपन्न, गरीब, सीमान्तकृत, लोपोन्मुख र पिछडिएको वर्गका न्यूनतम स्टेशनरी र पोशाकको व्यवस्थासहित भर्ना अभियान गरिदिनसमेत मन्त्री पोखरेलले आग्रह गरे । ‘यस पटकको भर्ना अभियान विशेष प्रकारको छ । प्रत्येक व्यक्तिले एकजना विद्यार्थीलाई पाठ्यपुस्तकसहित भर्ना गराउनु पर्दछ’ उनले भने–‘अभियान विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन केन्द्रित हुनेछ ।’

उनले सबै मन्त्रालयका सचिव र सहसचिव सय जनालाई विद्यार्थी भर्ना अभियानमा लाग्न निर्देशन दिइसकेको जानकारी गराउनुभयो । मन्त्री पोखरेलले भर्ना अभियानलाई सफल पार्न प्रदेश तहका शिक्षा हेर्ने मन्त्रीसँग पनि छलफल गरिने बताए । कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले वैशाखको दोस्रो हप्तासम्म राष्ट्रका विशिष्ट व्यक्तिबाट पाठ्यपुस्तकसहित भर्ना अभियान सञ्चालन गर्ने बताए ।

उनले हातहातमा पुस्तकसहित भर्ना अभियानमा छुट भएका विद्यार्थीलाई वैशाखको तेस्रो हप्तामा घरदैलो गरी भर्ना अभियान गरिने बताए । विद्यालय तहको शैक्षिक तथ्याङ्क २०७४ अनुसार प्राथमिक तहमा पाँचरनौ वर्ष २।८ प्रतिशत र कक्षा १ देखि ८ सम्म ५देखि १२ वर्ष उमेर समूहका ७।७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् ।

यस वर्षको भर्ना अभियानको लागि सरकारले ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ आर्दश बाक्य तय गरिएको छ । कार्यक्रममा कलाकार हरिवंश आचार्य, मिथिला शर्मा, बद्री पङ्गेनी, सुनिल पोखरेललगायतले भर्ना अभियान सफल पार्नका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २०७४, २३ चैत्र शुक्रबार  ३ : ५९ बजे

बझाङ दुर्घटना अपडेट : तीन जनाको मृत्यु, पाँच घाइते, उद्धारमा हेलिकोप्टर

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार भएको

बझाङ जिप दुर्घटना : उद्धारका लागि हेलिकोप्टर तयारीमा, सांसद ऐन महरको पहल

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार दिउँसो

कर्णालीमा खसेको गाडीका चालक ९ दिनपछि मृत फेला

काठमाडौं । दैलेखको कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीका चालक

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा वीर अस्पतालमा निधन

काठमाडौं। काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५

कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा, विस्थापितलाई स्मृति भवनमा सारियो

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा