२०८२, १६ माघ शुक्रबार

वैशाख २ गतेबाट देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

वैशाख २ गतेबाट देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने


सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको अन्तक्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन पाठ्यपुस्तकसहित वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गरिने बताए ।

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली वैशाख ५ गते कर्णाली पुगी एकजना विद्यार्थीलाई भर्ना गराउनेछ्न् । उनले यसपटकको भर्ना अभियान स्थानीय तहका जनप्रतिनिधि, सामाजमा योगदान पु¥याएका विशिष्ट व्यक्ति, शिक्षाप्रेमी, वुद्धिजीवी र राजनीतिक व्यक्तिलाई पनि सामेल गराई अधिकतम विद्यार्थीलाई विद्यालयमा भर्ना गराउने जानकारी गराए ।

ती व्यक्तिलाई ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइको स्थायित्व’ भन्ने नाराका साथ विपन्न, गरीब, सीमान्तकृत, लोपोन्मुख र पिछडिएको वर्गका न्यूनतम स्टेशनरी र पोशाकको व्यवस्थासहित भर्ना अभियान गरिदिनसमेत मन्त्री पोखरेलले आग्रह गरे । ‘यस पटकको भर्ना अभियान विशेष प्रकारको छ । प्रत्येक व्यक्तिले एकजना विद्यार्थीलाई पाठ्यपुस्तकसहित भर्ना गराउनु पर्दछ’ उनले भने–‘अभियान विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन केन्द्रित हुनेछ ।’

उनले सबै मन्त्रालयका सचिव र सहसचिव सय जनालाई विद्यार्थी भर्ना अभियानमा लाग्न निर्देशन दिइसकेको जानकारी गराउनुभयो । मन्त्री पोखरेलले भर्ना अभियानलाई सफल पार्न प्रदेश तहका शिक्षा हेर्ने मन्त्रीसँग पनि छलफल गरिने बताए । कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले वैशाखको दोस्रो हप्तासम्म राष्ट्रका विशिष्ट व्यक्तिबाट पाठ्यपुस्तकसहित भर्ना अभियान सञ्चालन गर्ने बताए ।

उनले हातहातमा पुस्तकसहित भर्ना अभियानमा छुट भएका विद्यार्थीलाई वैशाखको तेस्रो हप्तामा घरदैलो गरी भर्ना अभियान गरिने बताए । विद्यालय तहको शैक्षिक तथ्याङ्क २०७४ अनुसार प्राथमिक तहमा पाँचरनौ वर्ष २।८ प्रतिशत र कक्षा १ देखि ८ सम्म ५देखि १२ वर्ष उमेर समूहका ७।७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् ।

यस वर्षको भर्ना अभियानको लागि सरकारले ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ आर्दश बाक्य तय गरिएको छ । कार्यक्रममा कलाकार हरिवंश आचार्य, मिथिला शर्मा, बद्री पङ्गेनी, सुनिल पोखरेललगायतले भर्ना अभियान सफल पार्नका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २०७४, २३ चैत्र शुक्रबार  ३ : ५९ बजे

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको