२०८३, १८ असार शुक्रबार

प्रधानमन्त्री ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा जाँदै, के के छन् एजेण्डा

प्रधानमन्त्री ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा जाँदै, के के छन् एजेण्डा


प्रधानमन्त्री केपी शर्मा ओली आज भारत भ्रमणमा जाँदै छन् । उनी तीन दिने औपचारिक भ्रमणका लागि विहान ९ बजे नेपाल वायु सेवा निगमको उडानबाट नयाँ दिल्ली जाँदैछन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि उनी भारत जान लागेका हुन् । उनको टोलीमा काठमाडौंबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित ५४ जना हुने छन् । प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत छन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि उनी सिधै राष्ट्रपति भवन पुग्ने कार्यक्रम छ । त्यसपछि उनी भारतीय उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा संलग्न हुनेछन् । प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघद्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमपछि उनी दिवाभोजमा सहभागी हुनेछन् ।

यस्तै भारतीय राजनीतिक दलका नेताहरूले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम छ । जसमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्नु हुनेछ । साँझ भने बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राति भने नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज आयोजना गर्ने भएको छ । रात्रिभोजमा दूतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई निमन्त्रणा गरेको जनाइएको छ । भ्रमणको दोस्रो दिन भोलि प्रधानमन्त्री ओलीलाई बिहानै राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले स्वागत गर्दै केहीबेर वर्ता गर्नेछन् । भारतीय सेनाले उच्च सैनिक गार्ड आफ् अनर पनि दिनेछ । यस्तै उनले भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट गर्नेछन् ।

प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । शनिबार नै हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच एक्लाएक्लै वार्ता हुनेछ भने लगत्तै प्रतिनिधिमण्डलका सदस्यसहितको उपस्थितिमा द्विपक्षीय छलफल हुनेछ । त्यसपछि दुई देशबीच हुने सम्झौता तथा पत्र आदनप्रदान सम्बन्धी कार्यक्रम हुनेछ । दुई नेताबीच संयुक्त पत्रकार सम्मेलन गर्ने र प्रधानमन्त्री ओली र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ ।

दिवाभोज हैदरावाद हाउसमै राखिएको छ भने साँझ प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । भ्रमणको तेस्रो दिन २५ गते भने प्रधानमन्त्री ओली उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जानेछन् । आइतबार साँझ उनी स्वदेश फर्किने कार्यक्रम छ ।

भ्रमणमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, हवाई सञ्जाल विस्तार, सन् १९५० को सन्धिको पुनरावलोकन, अन्तरदेशीय प्रसारण लाइन, हुलाकी सडक, भूकम्पपछिको पुनःनिर्माणको अनुदान, पेट्रोलियम पाइप लाइनजस्ता विषयले प्राथमिकता पाउने जनाइएको छ । भ्रमणमा नयाँ सम्झौता नहुने र पुराना सम्झौता कार्यान्वयनमा प्राथमिकता दिने प्रधानमन्त्रीले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०७४, २३ चैत्र शुक्रबार  ८ : ५६ बजे

बालेन सरकारको सय दिन असफल, संविधानदेखि अर्थतन्त्रसम्म सरकार चुकेको एमालेको निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बालेन शाह नेतृत्वको

बैतडीमा यात्रुवाहक बस दुर्घटना, उद्धार कार्य जारी

बैतडी । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो

सय दिनमै सरकार घेराबन्दीमा, प्रतिशोध र अधिनायकवादको अभ्यास

काठमाडौं । सरकारको सयदिने कार्यकाल पूरा नहुँदै विपक्षी दलहरूले सरकारमाथि

मन्त्रिपरिषद्को निर्णयः नेपाल प्रहरीका ८ एआईजीको व्यापक जिम्मेवारी हेरफेर

काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त महानिरीक्षक (एआईजी)

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले शुक्रबार पनि अधिकांश क्षेत्रमा