२०८३, १५ कार्तिक आईतबार

सलमान खानलाई पाँच वर्षको जेल सजाय दिएपछि…….

सलमान खानलाई पाँच वर्षको जेल सजाय दिएपछि…….


चर्चित बलिउङ अभिनेता सलमान खान दुर्लभ कालो हरिणको शिकारमा दोषी ठहर भएका छन् । बिहीबार भारतको जोधपुरस्थित एक अदालतले उक्त घटनामा उनलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । जोधपुरमा सन् १९९८ सेप्टेम्बर २६ मा अवैधरुपमा कालो हरिणको शिकार गरेको अभियोगमा जोधपुर अदालतमा चलेको मुद्दामा बिहीबार उनी दोषी ठहर भएका हुन् ।

अदालतले उनलाई १० हजार भारतीय रुपैयाँ जरिवानासमेत तोकेको छ । दोषी ठहर भएलगत्तै सलमानलाई पक्राउ गरी बिहीबारै जोधपुरको सेन्ट्रल जेल चलान गरिएको छ । यद्यपि, उनका वकिलले भने उनीमाथि झुटो आरोप लगाइएको भन्दै आपति जनाएका छन् । २० वर्षअघि हिन्दी चलचित्र ‘हम साथ साथ है’को छायाँकनकाक्रममा उनले कालो हरिणको शिकार गरेका थिए ।

सोही चलचित्रको छायाँकनकाक्रममा सलमानसँगै रहेका अभिनेता सैफअली खान, अभिनेत्रीहरु सोनाली बेन्द्रे, तब्बु र नीलमविरुद्ध पनि मुद्दा दायर भएकामा उनीहरुलाई भने अदालतले निर्दोष ठहर गरेको छ । ५२ वर्षीय अभिनेता सलमानले माथिल्लो अदालतमा यो फैसलाविरुद्ध अपिल भने गर्नसक्नेछन् । यसअघि, सलमानविरुद्ध शिकारको मामिलामा दुईओटा मुद्दा परेकामा अदालतले उनलाई निर्दोष सावित गरेको थियो ।

प्रकाशित मिति : २०७४, २२ चैत्र बिहीबार  ५ : ०४ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग