२०८३, ११ श्रावण मंगलबार

शक्तिशाली प्रधानमन्त्रीको भारत भ्रमणमा जम्बो टोली

शक्तिशाली प्रधानमन्त्रीको भारत भ्रमणमा जम्बो टोली


दुई तिहाइ सासंदहरूकाे मतमा प्रधानमन्त्री भएका केपी शर्मा ओलीको भारतको तीन दिने भ्रमणमा करिब ५० सदस्यीय जम्बो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन्।  प्रधानमन्त्री ओलीको भारत भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयले ४२ जनाको नाम प्रस्ताव गरेको छ। यसका अलावा प्रधानमन्त्री कार्यालयबाट केही थप हुने देखिएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादव प्रधानमन्त्रीको भ्रमण टोलीमा छन्। परराष्ट्रमन्त्री ज्ञवाली चैत २२ र २३ गते अजरबैजानमा असंलग्न राष्ट्रहरुको मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन जाँदै छन्। उनी त्यतैबाट दिल्ली पुग्ने छन्। त्यस्तै प्रधानमन्त्रीसँग परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दीपक अधिकारी, मुख्यसचिव लोकदर्शन रेग्मी भ्रमण टोलीमा सहभागी हुने छन्।

त्यस्तै प्रधानमन्त्रीसँग विभिन्न दलका ९ सांसद पनि भारत जाने छन्। सांसदहरु दिनानाथ शर्मा, शरदसिंह भण्डारी, रामेश्वर यादव, विमलप्रसाद श्रीवास्तव, सीताराम महतो, उमा रेग्मी, गणेशसिंह ठगुन्ना, रामवीर मानन्धर र शान्ता चौधरी प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुने छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार डा। कुन्दन अर्यालसमेत प्रधानमन्त्रीसँगै भारत जाने छन्। प्रधानमन्त्री निकट परराष्ट्रविद् तथा नेपाल भारत प्रवुद्ध समूहका सदस्य डा। राजन भट्टराई पनि प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा समावेश गरिएको छ।

प्रधानमन्त्रीसँग निजी क्षेत्रबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष दीपक मल्होत्रा, इच्छाराज तामाङलगायतका व्यवसायीहरु समेत भारत जाने छन्। प्रधानमन्त्रीसँग उनकी पत्नी राधिका शाक्यसँगै प्रधानमन्त्रीको सुरक्षा अधिकारीहरु समेत नेपाली प्रतिनिधि मण्डल टोलीमा सहभागी हुने छन्।

प्रकाशित मिति : २०७४, २१ चैत्र बुधबार  ७ : ०६ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि