२०८३, ३० आश्विन शनिबार

दोलालघाट महोत्सवको तयारी तिब्र (फोटो फिचर)

दोलालघाट महोत्सवको तयारी तिब्र (फोटो फिचर)


जल पर्यटकहरुका लागि उत्कृष्ट र अाकर्षक गन्तब्य स्थल काभ्रेको दोलालघाटमा हुने महोत्सवको तयारी तीब्र पारिएको छ । चैत २३ गते सुरु भएर २०७५ बैशाख ४ गते समापन हुने महोत्सवको स्टेज निर्माण देखि प्रचारप्रसारलाई तीब्र पारिएको हो ।

स्टेज बनाउँदै

‘प्राकृतिक, साँस्कृतिक, कृषि र ब्यापार, दोलालघाट पर्यटन ब्यवद्र्धन विकासको आधार’ भन्ने मुल नाराका साथ ११ दिनसम्म चल्ने महोत्सवको आयोजना दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले गरेको हो । इन्द्रावती नदी बगरमा अहिले १ सय वटा स्टलका लागि तयारी गरिएको क्लब अध्यक्ष अष्ट बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सवमा लोकल माछा, लोकल अचार, स्वास्थ्य शिविर देखि रेडिमेड कपडा, भाडाँकुडा लगायतका स्टल रहने छन् । बाल उद्यन रमाइलो मेला पनि हुनेछ । नयाँ वर्षलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत हुने छ ।

ताेरनले सिगारिदैँ दाेलालघाट बजार

४० हजार जनाले महोत्सव अवलोकन गर्नेमा २ करोड बराबरको आर्थिक कारोबार हुने अध्यक्ष श्रेष्ठले बताए । “अहिले महोत्सव ब्यवस्थापनको काम धमाधम भइरहेको छ, उनले भने “यो महोत्सवमा दोलालघाट आसपास र जिल्ला भित्र उत्पादन भएका विभिन्न वस्तुहरुको स्टल प्रर्दशनिका लागि राखिने छ ।” महोत्सवमा हेलिकप्टर चढेर जिल्लाका विभिन्न तिर्थस्थलहरुको अवलोकन गर्न सक्ने ब्यवस्था समेत मिलाइएको छ । त्यस्तै इन्द्रावती र सुनकोशी नदीमा र्याफटिङ गर्न पनि आयोजकले ब्यवस्था मिलाएको महोत्सव मुल आयोजक समितिका संयोजक समेत रहेका क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

महाेत्सव स्थल इन्द्रावतीकाे किनार

प्रकाशित मिति : २०७४, १८ चैत्र आईतबार  ६ : ३९ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा