२०८३, १४ कार्तिक शनिबार

दोलालघाट महोत्सवको तयारी तिब्र (फोटो फिचर)

दोलालघाट महोत्सवको तयारी तिब्र (फोटो फिचर)


जल पर्यटकहरुका लागि उत्कृष्ट र अाकर्षक गन्तब्य स्थल काभ्रेको दोलालघाटमा हुने महोत्सवको तयारी तीब्र पारिएको छ । चैत २३ गते सुरु भएर २०७५ बैशाख ४ गते समापन हुने महोत्सवको स्टेज निर्माण देखि प्रचारप्रसारलाई तीब्र पारिएको हो ।

स्टेज बनाउँदै

‘प्राकृतिक, साँस्कृतिक, कृषि र ब्यापार, दोलालघाट पर्यटन ब्यवद्र्धन विकासको आधार’ भन्ने मुल नाराका साथ ११ दिनसम्म चल्ने महोत्सवको आयोजना दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले गरेको हो । इन्द्रावती नदी बगरमा अहिले १ सय वटा स्टलका लागि तयारी गरिएको क्लब अध्यक्ष अष्ट बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सवमा लोकल माछा, लोकल अचार, स्वास्थ्य शिविर देखि रेडिमेड कपडा, भाडाँकुडा लगायतका स्टल रहने छन् । बाल उद्यन रमाइलो मेला पनि हुनेछ । नयाँ वर्षलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत हुने छ ।

ताेरनले सिगारिदैँ दाेलालघाट बजार

४० हजार जनाले महोत्सव अवलोकन गर्नेमा २ करोड बराबरको आर्थिक कारोबार हुने अध्यक्ष श्रेष्ठले बताए । “अहिले महोत्सव ब्यवस्थापनको काम धमाधम भइरहेको छ, उनले भने “यो महोत्सवमा दोलालघाट आसपास र जिल्ला भित्र उत्पादन भएका विभिन्न वस्तुहरुको स्टल प्रर्दशनिका लागि राखिने छ ।” महोत्सवमा हेलिकप्टर चढेर जिल्लाका विभिन्न तिर्थस्थलहरुको अवलोकन गर्न सक्ने ब्यवस्था समेत मिलाइएको छ । त्यस्तै इन्द्रावती र सुनकोशी नदीमा र्याफटिङ गर्न पनि आयोजकले ब्यवस्था मिलाएको महोत्सव मुल आयोजक समितिका संयोजक समेत रहेका क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

महाेत्सव स्थल इन्द्रावतीकाे किनार

प्रकाशित मिति : २०७४, १८ चैत्र आईतबार  ६ : ३९ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक