२०८२, ७ पुस सोमबार

प्रधानमन्त्री ओली २३ गते भारत जाने, यस्ताे छ भ्रमण तालिका

प्रधानमन्त्री ओली २३ गते भारत जाने, यस्ताे छ भ्रमण तालिका


प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते पहिलो विदेश भ्रमणको क्रममा भारत जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै भ्रमणको तालिका सार्वजनिक गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत जान लागेका हुन्। यसअघि प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति भारतबाट सार्वजनिक भएको थियो।

शुक्रवार नै भारतीय विदेश मन्त्रालयले पनि भ्रमण तालिका सार्वजनिक गरेको छ। प्रधानमन्त्री अोलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बंकैया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै भारतका केही मन्त्रीहरूले समेत प्रधानमन्त्री ओलीसँग भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, नेपाल सरकारका केही मन्त्री, प्रधानमन्त्री कार्यालयका अधिकारीहरू, प्रधानमन्त्री सचिवालयका केही सदस्यहरू समेत रहने छन्। भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली उत्तराखण्डसमेत पुग्ने कार्यक्रम तय भएको छ। गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने एक कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने छन्। प्रधानमन्त्री ओली २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको आशंक व्यक्त हुँदै गर्दा दुवै देशका परराष्ट्र मन्त्रालयले भ्रमण मिति सार्वजनिक गरेका हुन। प्रधानमन्त्री ओलीलाई अप्रिल ८ देखि चीनको वोआओमा आयोजना हुने एसियाका लागि वोआओ मञ्ज (बोआओ फोरम फर एसिया)मा समेत सहभागिताका लागि निम्तो आएको थियो।

प्रकाशित मिति : २०७४, १६ चैत्र शुक्रबार  ८ : ०२ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको