२०८३, १२ श्रावण बुधबार

जनप्रतिनिधि कर्मचारी होइनन्, जनतासँगै हुनुपर्छः उपप्रमूख गौतम

जनप्रतिनिधि कर्मचारी होइनन्, जनतासँगै हुनुपर्छः उपप्रमूख गौतम


जिल्ला समन्वय समिति काभ्रेकी उपप्रमूख मञ्जु गौतमले निर्वाचित जनप्रतिनिधिहरु जनताको हरेक सःख, दुःखमा साथै रहनुपर्ने बताएकी छिन् । उनले कार्यालय समय बाहेक पनि जनप्रतिनिधिहरुबाट जनताले सेवा पाउनु पर्ने बताइन् । कर्मचारीको जस्तो निश्चित समय मात्रै काम गर्नेु पर्छ भन्ने मानसिकता त्याग्नु पर्ने भन्दै जनताले खोजेको बेलामा भेट्न पाउनुपर्ने उनको भनाई छ ।

शुक्रबार धुलिखेलमा सामुदायिक सारथी नामक एक गैरसकारी संस्थाको कार्यक्रममा उनले सबै कुरामा आफु अब्बल र जान्ने छु भन्ने मान्यता नलिन समेत जनप्रतिनिधिहरुलाई आग्रह गरिन् । “हामी देश सञ्चालनको नयाँ अभ्यास गरिरहेका छौँ, पहिलेको जस्तो अवस्था छैन, उनले भनिन् “नजानेको कुरा सिक्ने र ब्यवहारमा लागु गर्नुपर्छ ।” साथै उनले भूकम्पप्रभावितहरुको समस्या समाधानको जिम्मा जनप्रतिनिधिहरुलाई सुम्पन खोजेर पुननिर्माण प्राधिकरण पञ्छिन खोजेको आरोप समेत लगाइन् । “सुरुमा राज्यले के भनेर सम्झौता गरेको थियो, सम्झौता पालना नभए त्यहि अनुसार कारबाहि गरोस, उनले भनिन्, “जनप्रतिनिधिको काधमा समस्या थुपारेर प्राधिकरण उम्कन मिल्दैन् ।”

सारथीले अहिले जिल्लाको रोशी गाँउपालिका र पनौती नगरपालिकामा पारस्पारिक जवाफदेहिता परियोजना सञ्चालन गरिरहेको छ । यी दुई स्थानीय तहमा भूकम्पप्रभावितको गुनासो सम्बोधनका लागि गुनासो ब्यवस्थापन समिति गठन, सुशासन प्रबद्र्धन समिति निर्माण, वडाध्यक्ष देखि गाउँपालिका र नगरपालिकाका प्रमूख, उपप्रमूखलाई सुशासन र जवाफदेहिताका बारे आवश्यक सहयोग गर्दै आएको परियोजनाका जिल्ला संयोजक राजाराम गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७४, १६ चैत्र शुक्रबार  ५ : ३७ बजे

सर्वदलीय बैठकपछि रवि लामिछाने शीतल निवासमा, राष्ट्रपतिलाई सुनसरी घटनाबारे जानकारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सर्वदलीय बैठक

रविको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीमा भएको घटनापछि उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे साझा

सरकार संकटमा ? सुनसरी घटनाबारे सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै अनुपस्थित

काठमाडौं। सुनसरीमा भएको दुःखद घटनापछि देशभर चर्किएको जनआक्रोश र तराई–मधेशमा

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन