२०८३, २५ आश्विन सोमबार

धुलिखेलमा सडक खाना महोत्सव हुने

धुलिखेलमा सडक खाना महोत्सव हुने


नयाँ वर्ष २०७५ मा धुलिखेल घुम्न आउने पर्यटकलाई लक्षित गरि सडक खाना महोत्सव हुने भएको छ । धुलिखेलमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरिदिएको जानकारी अनुसार चैत ३० र बैशाख १ गते सडक खाना महोत्सव चल्नेछ ।

धुलिखेलको पुरानो बजारको समेत प्रवद्र्धन गर्ने गरी सोहि स्थानमा महोत्सव चल्ने धुलिखेल पर्यटन मेला तथा सडक खाना महोत्सव संयोजन समितिका संयोजक श्रवण कुमार तखाछेले जानकारी दिए । धुलिखेलभित्र रहेका विभिन्न ३८ वटा क्लब, समूह मिलेर आयोजना गरिने महोत्सवको मूख्य आयोजक भने धुलिखेल नगरपालिका रहेको छ ।

महोत्सव अवधिभर नेवारी, तामाङ, गुरुङ समुदायका खानाका साथै धुलिखेलमा सञ्चालनमा रहेका होटलहरु खानाका परिकार सहित ४० वटा स्टल रहने छ । खाना बाहेक नवदुर्गा, कृष्ण, भगवती जात्रा र गठेमंगल समेत प्रर्दशन गरिने महोत्सव ब्यवस्थापन समितिका सदस्य समिर ब्याञ्जु श्रेष्ठले जानकारी दिए ।

९ लाख ४२ हजार ५ सय लगानी हुने उक्त महोत्सवमा १० हजार अन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने बताइएको छ । “यो महोत्सवले धुलिखेलको अस्तिव नै मेटिन लागेको पुरानो बजारलाई संरक्षण गर्न ठूलो मद्दत पुग्ने छ,संयोजक तखाछेले भने “गुठी, सुकुल भोज, केराको म.म लगायत विभिन्न जातजातिको खाना महोत्सवको आकर्षण हो ।” महोत्सवमा धुलिखेलको सामाजिक र साँस्कृतिक पक्ष झल्कने पुरानो फोटो समेत प्रर्दशन गरिने भएको छ ।

प्रकाशित मिति : २०७४, १५ चैत्र बिहीबार  ५ : २२ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका