२०८३, २६ जेष्ठ बुधबार

देउपुरमा चोरी गर्ने प्रहरी फन्दामा

देउपुरमा चोरी गर्ने प्रहरी फन्दामा


बनेपा । इलाका प्रहरी कार्यालय बनेपाले काभ्रेको देउपुर नगरपालिका वडा नं. २ का सानुकान्छा तामाङको पसल चोरी गर्नेलाई सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको होण्डा कम्पनीको कार प्रयोग गरी चोरी गरिएको देखिएको छ । चोरी कार्यमा संलग्न भएका भक्तपुर चाँगुनारायण नगरपालिका–६ बस्ने वर्ष २३ का लक्षु कार्की र सोही स्थान बस्ने वर्ष २२ का गणेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर हिजो सार्वजनिक गरेको हो । गत शनिबार तामाङको पसलबाट ३ लाख रुपियाँ चोरी भएको जाहेरी सानुकान्छा तामाङले दिएका थिए ।
उनीहरु २ जनाको संलग्नतामा बा ७ च ४२ नम्बरको कालो रङ्गको कार प्रयोग गरी चोरी गरेपछि प्रहरीलाई उपलब्ध गराइएको सूचनाका आधारमा काभ्रेको नाला र भक्तपुर नगरकोटको प्रहरीले संयुक्त रुपमा पक्राउ गरेको थियो । प्रहरीलाई चोरी गरेर फर्कंदै गर्ने क्रममा खबर गरिएपछि चोरीमा संलग्न लक्षु कार्कीलाई प्रहरीले पक्राउ ग¥यो र उसैको सहयोगमा गणेश तामाङलाई पक्राउ गरेको बनेपा प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १ लाख ६ हजार २ सय ६७ नेपाली रुपियाँ, १२ सय १० विदेशी मुद्रा, २१ सय १० भारतीय रुपैयाँ, मोवाइल ३ थान, होण्डा कम्पनीको आइटेन कार १ थान बरामद गरेको छ । चोरीमा संलग्नहरुमाथि प्रहरीले चोरीको महल अन्तर्गत मुद्दा दायर गर्दै अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०७४, १४ चैत्र बुधबार  ८ : ०० बजे

पेरु निर्वाचन: झिनो अग्रतामा सत्ता-समीकरण, देश फेरि वैचारिक विभाजनको मोडमा

लिमा । पेरुको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा वामपन्थी उम्मेदवार रोबर्टो

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ