२०८३, १३ श्रावण बिहीबार

इन्द्रावती नदीमा दुई जिल्लाको विवाद, उद्योग नै बन्द (भिडियो सहित)

इन्द्रावती नदीमा दुई जिल्लाको विवाद, उद्योग नै बन्द (भिडियो सहित)


इन्द्रावती नदीमा लामो समय देखि सञ्चालनमा रहेको क्रसर उद्योग मेलम्ची एण्ड इन्द्रावती स्ट्रोन प्रालि बन्द भएपछि सिन्धुपाल्चोक र काभ्रेबीच फेरी विवाद सुरु भएको छ । सिन्धुपाल्चोक तर्फ इन्द्रवाती गाउँपालिका र काभ्रे तर्फ मण्डनदेउपुर नगरपालिकाबीच नदीको विषयलाई लिएर विवाद भएको हो ।

सिन्धुपाल्चोक पक्षले वातावरणीय प्रभाव मूल्याङकन अनुसार क्रसर उद्योग सञ्चालन नभएको भन्दै काभ्रे तर्फ सञ्चालनमा रहेको मेलम्ची एण्ड इन्द्रावदी इन्ट्रोन प्रालि बन्द गरेको १५ दिन भइसकेको छ । स्थानीय निकाय सञ्चालनको मूख्य आयस्रोत मानेर यी गाउँपालिका र नगरपालिकाले आफ्नो अडान कडाइका साथ कायम राखेका छन् ।

यसरी लुट मच्याइरहेका छन् ब्यवसायीहरु (हेर्नाेस्  भिडियाे)

सिमा विवाद होइन, ज्यादतीः गाउँपालिका प्रमूख तामाङ
काभ्रे पक्षले सिमाना विवादलाई मूख्य मुद्दा बनाएका छन् । तर सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका प्रमूख बंशलाल तामाङ भने यो कुरा मान्न तयार छैन् । “यो सिमाना विवादको कुरा होइन्, वातावरणीय प्रभाव मूल्याङकन (ईआईए) अनुसार उद्योग सञ्चालन भएको पाएनौँ, उनले भने “त्यस्तैले कारण प्रशासनको सहयोगमा बन्द गरेका हौँ ।”

ईआईए अनुसार पुलको तल्लो भागमा १ हजार ५ सय मिटर र माथिल्लो भागमा १ हजार मिटर सम्म नदीजन्य पदार्थ उत्खन्न गर्न पाइँदैन । हाल बन्द गरिएको उद्योगले उक्त मापदण्ड पालना नगरेको र इन्द्रावती गाउँपालिका तर्फ एक लौटी ढंगले नदीको बहाव फर्काएर नदीजन्य साम्रगी उत्खन्न गरेको गाउँपालिकाका प्रमूख तामाङले आरोप लगाए । सिपाघाटमा इन्द्रावती नदी माथि सिन्धुपल्चोक जोड्ने पुल छ । हाल बन्द रहेको उद्योगले उक्त पुल नै भासिने अवस्था आउँदासम्म पनि नदी जन्य पदार्थ उत्खन्न जारी राखेकाले उद्योग बन्द गराउनुपरेको गाउँपालिकाका प्रमूख तामाङको भनाई छ । उनी अध्यक्षमा निर्वाचित भए यता मात्रै ४ वटा क्रसर उद्योगले इन्द्रावतीमा सञ्चालनको अनुमति पाइसकेका छन् । “गाउँपालिकाको मूख्य आयस्रोत भनेकै यहि हो, उनले भने “तर यसलाई ब्यवस्थित ढंगबाट सञ्चालन गर्नुपर्छ ।

पहिला सिमाना विवाद टुंग्याउनुपर्छ ः नगरप्रमूख वाइबा
काभ्रे तर्फको क्रसर उद्योग बन्द भएपछि सिन्धुपाल्चोकबाट निर्माण सामाग्री लिएर काभ्रे हुदैँ आउने सबै टिपर मण्डनदेउपुर नगरपालिकाका स्थानीयले बन्द गराएका छन् । “सिन्धुपाल्चोकका उद्योग ब्यवसायीहरुले सडक मर्मतका लागि दिने भनेको रकम नदिएका कारण राजमार्ग आसपासका जनताले टिपर बन्द गराएका हुन्, मण्दनदेउपुर नगरपालिकाका प्रमूख टोक बहादुर वाइबाले भने “सिमाना विवाद नटुंगिएसम्म यसको निष्कर्ष निस्कदैन् ।”

मण्डन देउपुर नगरपालिकाको पहिलो नगरसभाले इन्द्रावती नदीको सिमाना विवाद टुंग्याउन माथिल्लो निकायसँग सहकार्य गर्ने निर्णय समेत गरेको थियो । नगरपालिकाले सिन्धुपाल्चोकका सुरक्षा प्रमूख, गाउँपालिका प्रमूख र काभ्रे तर्फका पनि सुरक्षा निकायका प्रमूख बसेर छलफल गरी माथिल्लो निकाय गर्न सिमाना विवाद मिलाउनु पर्ने अडान राखेको छ । “धेरै ब्यवसायीहरुले ब्यवसाय सञ्चालनका लागि अनुमति लिन आउनु भएको छ, नगर प्रमूख वाइबाले भने “तर सिमानाको स्थायी समाधान नहुदाँसम्म अनुमति दिन सकिदैन भन्दै फर्काइरहेका छौँ, सिन्धुपाल्चोकले चाँहि धमाधम अनुमति दिइरहेको छ ।”

स्थानीय निकाय, सुरक्षा प्रमूख र ब्यवसायीहरुको विवाद यस अघि पनि पटक पटक आइरहेको भन्दै इन्द्रावती बचाउन अभियानले यो विवाद तत्काल समाधान गर्न आग्रह गरेको छ । नदी दोहन हुदँै जादाँ त्यहाँका माझि र दनुवार समुदायको सयौँ हेक्टर खेति योग्य जमिन समेत बगरमा परिणत भइसकेको छ । “क्रसर उद्योग सञ्चालन गर्नै हुदैँन भन्ने होइन्, इन्द्रावती बचाउन अभियानका संयोजक गोकुल डोटेलले भने “दुबै जिल्लाको पदाधिकारी बसेर समस्या समाधान गरिनुपर्छ ।”

प्रकाशित मिति : २०७४, १४ चैत्र बुधबार  ६ : १४ बजे

सर्वदलीय बैठकपछि रवि लामिछाने शीतल निवासमा, राष्ट्रपतिलाई सुनसरी घटनाबारे जानकारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सर्वदलीय बैठक

रविको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीमा भएको घटनापछि उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे साझा

सरकार संकटमा ? सुनसरी घटनाबारे सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै अनुपस्थित

काठमाडौं। सुनसरीमा भएको दुःखद घटनापछि देशभर चर्किएको जनआक्रोश र तराई–मधेशमा

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन