२०८३, १० कार्तिक मंगलबार

इन्द्रावतीको दोहन, दुई जिल्लाको सिमा विवाद !

इन्द्रावतीको दोहन, दुई जिल्लाको सिमा विवाद !


काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सिमाना विवादले इन्द्रावती नदीको दोहन चरम उत्कर्षमा पुगेको स्थानीयहरुले बताएका छ । इन्द्रावती नदीको स्वामित्व लिने बारे जिल्लाका प्रशासकहरु बीच छलफल हुने गरेको भएता पनि अहिलेसम्म कुनै समाधानको बिन्दु भेटिएको छैन् । जसका कारण इन्द्रावती दिनप्रतिदिन आफ्नो अस्तित्व मेटाइरहेको छ । यो नदीले प्रभावित क्षेत्रलाई भन्दा पनि ठेक्का लगाउने अड्डाका प्रमूखहरुलाई मोटो आम्दानी दिइरहेको तितो यथार्थ छ । नदी भासिएको छ । यसलाई अझ भसाउन जिल्लामा शासन सत्ता सम्हालेका देखि स्थानीय स्तरका ब्यक्ति समेतको ठूलो चलखेल भइरहेको छ । बोल्ने कोहि छैनन् । यसो कहिले काँहि देख्नेले विचार भन्छन् बस् यत्ति हो । इन्द्रावतीले पाउने । नदीको तीब्र दोहनले खेतीयोग्य जमिन खेती लगाउन नमिल्ने भइरहेको छ । आसपासको बस्ती र न्धिुपाल्चोक जोडने पक्कि पुलको अवस्था ज्यादै जोखिममा परेको छ ।

यहि रफतारमा इन्द्रावतीलाई रित्याएर सहरमा महल बनाउने हो भने त्यो आसपासका बस्ती विस्तापित नहोला भन्न सकिदैन् । आर्थिक प्रलोभनमा नदीको सुन्दरतालाई बिग्रन उद्त भएका जिल्लाका प्रमूख देखि क्रसर सञ्चालन गरिरहेकाहरुले सोच्ने बेला आइसकेको छ । माझि समुदायको पेसा जर्बजस्त खोसिएको छ । के अब उनीहरुको रोजीरोटीको ब्यवस्था क्रसर ब्यवासयी र ठेक्का दिने अड्डाका प्रमूखले गर्ने कि नगर्ने ? उनीहरुको जीविको पार्जनका लागि बैकल्पिक उपाय दिने कि नदिने ?

ईन्द्रावती नदिको सिमाङ्गकन सिन्धुपाल्चोकले गरे पछि सिन्धुपाल्चोक सिमा क्षेत्रमा सञ्चालन गरिएका अधिकांश उद्योगको बातावरणि असर मुल्यांकन नगरिएको ईन्द्रावती बचाउ अभियानले जनाएकाे छ ।  ती उद्योगमा प्रयोग भएका मेसिन कति पुराना भएर । त्यसबाट निस्कने ध्वनीले आसपासको बस्तीमा कस्तो असर पुर्याइरहेको छ भन्ने हेक्का ठेक्का दिने प्रमूखलाई थाहा छ कि छैन ?

तातोपानी नाका सञ्चालनमा हुदाँ जस्तै इन्द्रावती र सुनकोशी दोहन गर्न मिल्ने अवस्थासम्म यी दुई जिल्लाका प्रमूखहरुको मुख सधै रसिलो देख्न पाइने छ । यी जिल्लामा सरुवा मागेर आउनेका लाइन लागिरहने नै छ । तर इन्द्रावती सधै रोइ रहनेछ । स्थानिय जनप्रतिनिधि, प्रशासन र ब्यवसायीहरुले आफ्नो मात्रै हित सोच्ने र नदिलाई चुसिरहने हो भने इन्द्रावती अबको केहि वर्षमै थप संकटमा पर्न सक्छ । त्यहाँका माझि र दनुवार समुदायको अवस्था अझ दयनीय बन्दै जाने पक्का छ ।

प्रकाशित मिति : २०७४, ११ चैत्र आईतबार  ५ : ०९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना