२०८३, ३० आश्विन शनिबार

काभ्रे प्रदेशको राजधानी हुदैँनः राप्रपा अध्यक्ष थापा (भिडियो सहित)

काभ्रे प्रदेशको राजधानी हुदैँनः राप्रपा अध्यक्ष थापा (भिडियो सहित)


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काभ्रे जिल्ला प्रदेश ३ को राजधानी नहुने बताएका छन् । धुलिखेलमा दुईदिनसम्म चलेको पार्टी उच्चस्तरीय अनुशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग बोल्दै थापाले मकवानपुर नै प्रदेश तीनको स्थायी राजधानी हुने स्पष्ट पारे । प्रदेश ३ भित्रपर्ने सबै जिल्लाबाट बढीमा ३ घण्टाभित्र हेटाँैडा पुग्ने सकिने भन्दै उनले काभ्रेलाई प्रदेश ३ को आर्थिक राजधानी बनाउने तर्फ आफ्नो पार्टी क्रियाशिल हुने बताए । “प्रदेश ३ को स्थायी राजधानी मकवानपुर नै हो, उनले भने “काभ्रेलाई आर्थिक राजधानी बनाउनुपर्छ ।”

अस्थायी राजधानी तोकिएकै ठाउँमा अहिले धमाधम बैठक र प्रदेश सञ्चालनका नीति नियम बनाउने काम भइरहेको भन्दै उनले प्रदेश राजधानीलाई चाहिने सम्पूर्ण भौतिक पूर्वाधार मकवानपुर जिल्लासँग रहेको दाबी समेत गरे । “सबै हिसाबले मकवानपुर उपयुक्त छ, कुनै विवाद गर्नुपर्ने अवस्था छैन्, थापाले भने “काभ्रे जिल्लाको आफ्नो छुट्टै विशेषता छ, यहाँको सम्भावनालाई समृद्धिमा बदल्न आर्थिक राजधानी बनाउनुपर्छ ।”

हेर्नाेस्  भिडियाेः

https://www.youtube.com/watch?v=M3JIGiXeyDY

 

प्रकाशित मिति : २०७४, ९ चैत्र शुक्रबार  ६ : ०८ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा