२०८३, २८ असार सोमबार

वडाध्याक्ष केसीलाई ज्यान मार्ने धम्की, जनप्रतिनिधिको काममा प्रहरीको तीब्र असहयोग

वडाध्याक्ष केसीलाई ज्यान मार्ने धम्की, जनप्रतिनिधिको काममा प्रहरीको तीब्र असहयोग


बनेपा,  जनप्नतिनिधिको काममा प्रहरी प्रशासनले तीब्र असहयोग गरेको पाइएको छ । बनेपा नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले चण्डेश्वरी खोलादेखि धुलिखेलको सिमासम्म अरनिको राजमार्ग विस्तार गर्ने क्रममा इलाका प्रहरी कार्यालयले सहयोग नगरेको हो ।

यो खण्डमा सडक अतिक्रमण गरी विभिन्न ब्यवसायीले वर्कशप, हार्डवेयर सञ्चालन गरेका थिए । सडक मिचेर पार्किङ गरेको टिपर हटाउन सोमबार वडाध्यक्ष केसी, वडा सदस्य कृष्णमणि कुईकेल लगायतका जनप्रतिनिधिले आग्रह गर्दा टिपर चालकका साथी बनेपा नगरपालिका वडा नम्बर ६ का कमल बञ्जराले विभिन्न अपशब्द बोल्दै वडा सदस्य कृष्णमणि कुईकेललाई ज्यान मार्ने धम्की दिएका थिए । यो सडक खण्डमा ७५ फिट फराकिलो पार्ने काम भइरहेको छ ।

उनले धम्की दिएपछि प्रहरीलाई वडाध्यक्ष केसीले खबर गरे । इलाका प्रहरी कार्यालयले पक्राउ पनि गर्यो । तर पछि वडासँग कुनै समन्वय नगरी एकघण्टा पनि नबित्दै बञ्जरालाई रिहाई गर्यो । राजमार्गको दायाबायाँ फराकिलो बनाउने जनप्रतिनिधिको जिल्लाभर हाई हाई भइरहेका बेला प्रहरीले दोषिलाई उन्मूक्ति दिएर काम गर्ने जनप्रतिनिधिहरुको मनोबल गिराउन खोजेको छ । यद्यपि प्रहरीले सुरुमा दायाँबायाँका संरचना हटाउन भने सहयोग गरेको थियो ।

वडा कार्यालयमै आक्रमणको प्रयास
सडक मिचेरै ब्यापार ब्यवसाय गर्न पाउँनुपर्ने भन्दै मंगलबार कमल बञ्जराकै नेतृत्वमा वडा कार्यालयमै आक्रमणको प्रयास भएको छ । उनीहरुले वडा कार्यालयमा काम गरिरहेका वडाध्यक्ष सचितानन्द केसी लगायत जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की दिनुका साथै तथानाम गालीगलोज गरेका थिए । बञ्जरा करिब १ दर्जनको हाराहारिमा राजमार्ग आसपासका अराजक ब्यक्ति बटुलेर वडा कार्यालय पुगेका थिए ।

वडा कार्यालयमै आक्रमण प्रयास भएपछि वडाध्यक्ष केसी एसपीलाई भेट्न धुलिखेल पुगेका थिए । तर उनले भेटन मानने । “फोनमा कुरा गर्दा एसपी सहकुल बहादुर थापाले बनेपा प्रहरी कार्यालयलाई जानकारी गराइदिन्छु भने र म बनेपा प्रहरी कार्यालयमा पुगे तर उनीहरुले वास्तै गरेनन्, अध्यक्ष केसीले भने । अराजक जथाको नेतृत्व गरेका बञ्जरा यसअघि पनि समाजमा विकृति फैलाउने काममा संलग्न हुदैँ आइरहेका छन् । प्रहरीले उनकै चाँहि पक्षपोषण गरेको छ । अपराधिलाई कारबाहि गर्ने भन्दा पनि इलाका प्रहरी कार्यालयका निमित्त प्रमूख भक्त कुमार श्रेष्ठले भने “हामी दुबै पक्षलाई एकै ठाउँमा राखेर पुनः छलफल गर्छौँ ।”

प्रकाशित मिति : २०७४, ६ चैत्र मंगलबार  ८ : २३ बजे

कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना

भक्तपुर, २९ असार : मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले