२०८३, १२ आश्विन मंगलबार

तेमालमा निशुल्क शिविर

तेमालमा निशुल्क शिविर


काभ्रेको तेमाल नाराणस्थानमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तेमाल गाउँपालिकाको स्वास्थ्य चौकीमा भएको शिविरमा तेमाल भेगका स्थानीय २ सय ३३ जनाले स्वास्थ्य परिक्षण गरेका थिए । शिविर नेपाल सिजर्नशील सहयोगी संस्थाको समन्वय र नेपाल मेडिकल कलेज, जोरपाटीको प्राविधिक सहयोग भएको थियो । नेपाल मेडिकल कलेजका निर्देशक प्रा.डा. प्रकाश पौडेलको नेतृत्वमा तेमाल पुगेका चिकित्सकको टोलीले तेमालका स्थानीयहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा आँखा, स्त्री रोग, जनरल स्वास्थ्य जाँच गराएका थिए । तेमालमा स्वास्थ्य शिविर लिएर पुगेका चिकित्सकको टोलीलाई तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिंह तामाङले  स्वागत गरे । उनले तेमालमा पहिलो पटक भएको निशुल्क स्वास्थ्य शिविरबाट तेमाल भेगका धेरै नागरिकले स्वास्थ्य सेवा लिन पाएको भन्दै खुशी व्यक्त गरे । यसैगरी तेमाल स्वास्थ्य चौकी इन्चार्ज शिवहरि पाठकले विकट तेमालका गाउँमै पुगेर स्वास्थ्य उपचार गरेमा डाक्टर टोलीलाई धन्यवाद दिएका थिए ।

शिविरमा तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङ, नारायणस्थान मा।विका प्रधानाध्यापक दिलकुमार मोक्तान, वडा नं. २ का अध्यक्ष तेमाल सिंह तामाङ, समाजसेवी चन्द्रसिंह तामाङ, योङ इम्प्रेशन नेपालका अध्यक्ष इलाम लामा लगायतको सहभागीता रहेका थिए । शिविर आयोजक संस्था नेपाल सिजर्नशील सहयोगी संस्थाका अध्यक्ष प्रकास तामाङले सहयोगी सबै संघ संस्था र नेपाल मेडिकल कलेज, जोरपाटीलाई विशेष धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २०७४, ४ चैत्र आईतबार  ८ : १२ बजे

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बागलुङमा बाढीपहिरोको कहर : मृतकको संख्या १२ पुग्यो, एक जना अझै बेपत्ता

बागलुङ । बागलुङमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछि गएको