२०८३, १५ कार्तिक आईतबार

धुलिखेलमा प्रहरीको आगँनमै जुवाखेल !

धुलिखेलमा प्रहरीको आगँनमै जुवाखेल !


सुन्दा पत्यार नलाग्न सक्छ । तर यथार्थ यहि हो । फागुन २३ गतेदेखि जिल्ला प्रहरी कार्यालय धुलिखेलको परिसर नजिकै काभ्रे महोत्सव चलिरहेको छ । प्रहरी कार्यालयको आगँनबाटै महोत्सवमा भइरहेको गतिविधि राम्रोसँग अवलोकन गर्न सकिन्छ । तर सुरुका दिनदेखि नै जिल्लामा उत्पादन भएका सामग्री स्टलमा नराखेको भन्दै आलोचित बनेको महोत्सवस्थल भित्र जुवा खेल भने निर्धक्कसँग चलिरहेको छ । आधा दर्जनजति स्टलकै रुपमा जुवा खेलाउनेहरुले अड्डा जमाएका छन् । जहाँ लाखौँको कारोबार हुने गरेको पाइएको छ । अरु बेला गाउँ गाउँबाट समेत जुवा खालबाटै जुवाडे पक्राउ गर्ने प्रहरी आफ्नै आगँनमा भइरहेको जुवा खेल भने देखे नदेख झै गरीरहेको छ । फोटो खिच्न लाग्यो भने धम्याउने गरेका छन्, जुवा खेलाउनेहरुले । यो फोटो खिज्दा धम्क्याइएको थियो । तर पनि हामी खिच्यौ ।

जिल्ला प्रहरी कार्यालयका प्रमूख एसपी सहकुल थापा सहितको प्रहरी टोली पटक पटक महोत्सव स्थलमा पुगिरहेका हुन्छन् । तर रोटीपिङ, बाइकडान्स सञ्चालन गरिएको क्षेत्रमा खेलाइएको जुवा रोक्न भने कुनै ध्यान ती प्रहरीको गएको छैन् । जुवा खाल मात्रै होइन पैसा लुट्ने मिनी क्यासिनोका रुपमा अनेक धन्दा सञ्चालन भइरहेको छ । तर प्रहरी मौन छ । हजारौँ पैसा सकेर रित्तो हात फर्कनेको संख्या पनि उत्तिकै छ । शनिबार गीत गाउन आइपुगेकी राष्ट्रियसभाका सदस्य कोमल ओलीले समेत स्टलहरुमा स्थानीय उत्पादन नभएको भन्दै आयोजकको उछित्तो काटिन् ।

प्रकाशित मिति : २०७४, ३ चैत्र शनिबार  ८ : ०० बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग