२०८३, २ श्रावण आईतबार

खाडीको दुःख भुल्दै, गाउँकै पाखामा मोहोर फलाउँदै हरिबहादुर

खाडीको दुःख भुल्दै, गाउँकै पाखामा मोहोर फलाउँदै हरिबहादुर


फुलमान तामाङ नवलपुर, सिन्धुपाल्चोक
हरिबहादुर तामाङ, उमेरले ४० वर्ष पुगे । यो उमेरसम्म आइपुग्दा तीनपटक उनी वैदेशिक रोजगारीका लागि खाडी देश हानिए । तर सोचे जस्तै कहिल्यै भएन् । सधै रित्तो हात फर्कनु पर्यो । एक वर्ष अघिसम्मको उनको परिचय हो यो । लाहुरे बन्ने । टन्न पैसा कमाउने उनको सपना बैदेशिक रोजगारीले पुरा गर्नै सकेन् ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका नवलपुरका उनले युवाअवस्था जागिर खोज्दै काठमाडौंमा घुमेरै बिताए । २८ वर्ष लागेपछि विदेशिन बाध्य भए । पहिलोपटक पुगे साउदी । तीन वर्ष साउदी बसाईमा कमाई राम्रो भएन । गाउँमै फर्के । गाउँमा केहि समय बिताए । तर पनि रोजगारीको केहि उपाय भेटेनन् । दोस्रोपटक फेरी पुगे साउदी । त्यो यात्रा झनै फापेन उनलाई । फेरि पनि नेपाल फर्किए ।

परिवारमा आर्थिक भार थपिदै थियो । छोराछोरी कक्षा उक्लिदै थिए । त्यसपछि साथीभाईको सहयोगमा काठमाडौंकै इन्द्रचोकमा चप्पल पसल खोले । केही समय पसल राम्रै चलिरहेको थियो । नगरपालिकाले सडक बढाउने भएपछि उनी ठाउँ छाड्न बाध्य भए । उनी तेस्रो पटकका लागि विदेशिन बाध्य भए । यो पटक देशफेरे मलेसिया पुगे । कुनै बेला वैदेशिक रोजगारीका लागि राम्रो गन्तव्य मानिने मलेसिया उनी पुग्दा असुरक्षित बनिसकेको रहेछ । धेरैपटक लुटेराहरुको सामना गर्नुपर्यो । त्यसपछि ज्यान जोगाउन भएपनि मलेसिया छाड्ने निधो गरे ।अहिले हरिबहादुर
तीन पटक विदेशिएका हरिबहादुर तामाङको दैनिकी निकै फेरिएको छ । तीनपटक विदेश जादाँ थपिएको ऋण र परिवारको भरोसा भएकाले केही त गर्नै पर्यो, उनले सुस्ताउँदै भने । ‘पहिला त काठमाडौंमा डेरा गरी बस्थे । छोराछोरी निजी स्कुलमा भरसक पढाउँदैथिए । तीनपटकको विदेश यात्रा असफलता भएपछि छोराछोरी सरकारी स्कुलमा सारे । बसाइ गाउँमा झर्यो । अन्ततः तामाङले पाखो खेतबारीमा तरकारी खेती र बाख्रापालन गर्ने योजना बनाए । साथीभाईलाई योजना सुनाए, सर सहयोग पाए । अनि पाखोमै बनाए चित्रे गोठ र गत सालको चैतमा झुन्ड्याए थाकन पशुपालन तथा कृषि उद्योगको प्रमाणपत्र । साथी नभइ एक्लै जाँदा डर लाग्ने त्यो पाखो खेतमा सुरु भयो बास । साथमा थियो बाख्रा र कुखुराको फार्म । गोलभेडा, काँक्रो, फर्सीले पाखो ढाकेका छन् । उनलाई श्रीमतीको पनि साथ छ । कुखुरा र खसी किन्न ग्राहक फार्ममै आउन थालेका छन् । अहिले कमाई थपिन थालेको छ । हरि भन्छन्, ‘आफ्नै पाखामा निर्धक्क काम गर्न पाउँदाको आनन्दले तीनपटक विदेशिएको पीडा बिर्सदैछु ।’

उनलाई यसरी गाउँमै गरीखाने आँट भने विदेशमै हुँदै तनहुँका साथीले दिएका थिए । ‘सुरुमा ३ ओटा बाख्रा किनेको थिएँ, अहिले १९ ओटा माउसहित ३५ बाख्रा भएका छन्, खुसी हुँदै तामाङले भने ‘त्यसपछि टनेल बनाएर गोलभेडा र काँक्रो फलाए ।’ पहिलो वर्ष खर्च कटाएर बस्यो २ लाख रुपैयाँ । उनले अहिले पाखामा कमाएको पैसा खाडी जाँदा लागेका ऋण तिरिरहेका छन् । उनी भन्छन्, सुन गाउँमै फल्ने रहेछ, म भने चारतिर भौतरिएँ । अब यही पाखोमा पसिना बगाउने हो । अहिले उनको पनि फेरिएको छ । सफल कृषक बनेर स्वदेशमै पैसा कमाउन सकिन्छ भन्ने उदाहरण दिने उनको योजना छ ।

प्रकाशित मिति : २०७४, २ चैत्र शुक्रबार  १ : २८ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित