२०८२, २३ मंसिर मंगलबार

खाडीको दुःख भुल्दै, गाउँकै पाखामा मोहोर फलाउँदै हरिबहादुर

खाडीको दुःख भुल्दै, गाउँकै पाखामा मोहोर फलाउँदै हरिबहादुर


फुलमान तामाङ नवलपुर, सिन्धुपाल्चोक
हरिबहादुर तामाङ, उमेरले ४० वर्ष पुगे । यो उमेरसम्म आइपुग्दा तीनपटक उनी वैदेशिक रोजगारीका लागि खाडी देश हानिए । तर सोचे जस्तै कहिल्यै भएन् । सधै रित्तो हात फर्कनु पर्यो । एक वर्ष अघिसम्मको उनको परिचय हो यो । लाहुरे बन्ने । टन्न पैसा कमाउने उनको सपना बैदेशिक रोजगारीले पुरा गर्नै सकेन् ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका नवलपुरका उनले युवाअवस्था जागिर खोज्दै काठमाडौंमा घुमेरै बिताए । २८ वर्ष लागेपछि विदेशिन बाध्य भए । पहिलोपटक पुगे साउदी । तीन वर्ष साउदी बसाईमा कमाई राम्रो भएन । गाउँमै फर्के । गाउँमा केहि समय बिताए । तर पनि रोजगारीको केहि उपाय भेटेनन् । दोस्रोपटक फेरी पुगे साउदी । त्यो यात्रा झनै फापेन उनलाई । फेरि पनि नेपाल फर्किए ।

परिवारमा आर्थिक भार थपिदै थियो । छोराछोरी कक्षा उक्लिदै थिए । त्यसपछि साथीभाईको सहयोगमा काठमाडौंकै इन्द्रचोकमा चप्पल पसल खोले । केही समय पसल राम्रै चलिरहेको थियो । नगरपालिकाले सडक बढाउने भएपछि उनी ठाउँ छाड्न बाध्य भए । उनी तेस्रो पटकका लागि विदेशिन बाध्य भए । यो पटक देशफेरे मलेसिया पुगे । कुनै बेला वैदेशिक रोजगारीका लागि राम्रो गन्तव्य मानिने मलेसिया उनी पुग्दा असुरक्षित बनिसकेको रहेछ । धेरैपटक लुटेराहरुको सामना गर्नुपर्यो । त्यसपछि ज्यान जोगाउन भएपनि मलेसिया छाड्ने निधो गरे ।अहिले हरिबहादुर
तीन पटक विदेशिएका हरिबहादुर तामाङको दैनिकी निकै फेरिएको छ । तीनपटक विदेश जादाँ थपिएको ऋण र परिवारको भरोसा भएकाले केही त गर्नै पर्यो, उनले सुस्ताउँदै भने । ‘पहिला त काठमाडौंमा डेरा गरी बस्थे । छोराछोरी निजी स्कुलमा भरसक पढाउँदैथिए । तीनपटकको विदेश यात्रा असफलता भएपछि छोराछोरी सरकारी स्कुलमा सारे । बसाइ गाउँमा झर्यो । अन्ततः तामाङले पाखो खेतबारीमा तरकारी खेती र बाख्रापालन गर्ने योजना बनाए । साथीभाईलाई योजना सुनाए, सर सहयोग पाए । अनि पाखोमै बनाए चित्रे गोठ र गत सालको चैतमा झुन्ड्याए थाकन पशुपालन तथा कृषि उद्योगको प्रमाणपत्र । साथी नभइ एक्लै जाँदा डर लाग्ने त्यो पाखो खेतमा सुरु भयो बास । साथमा थियो बाख्रा र कुखुराको फार्म । गोलभेडा, काँक्रो, फर्सीले पाखो ढाकेका छन् । उनलाई श्रीमतीको पनि साथ छ । कुखुरा र खसी किन्न ग्राहक फार्ममै आउन थालेका छन् । अहिले कमाई थपिन थालेको छ । हरि भन्छन्, ‘आफ्नै पाखामा निर्धक्क काम गर्न पाउँदाको आनन्दले तीनपटक विदेशिएको पीडा बिर्सदैछु ।’

उनलाई यसरी गाउँमै गरीखाने आँट भने विदेशमै हुँदै तनहुँका साथीले दिएका थिए । ‘सुरुमा ३ ओटा बाख्रा किनेको थिएँ, अहिले १९ ओटा माउसहित ३५ बाख्रा भएका छन्, खुसी हुँदै तामाङले भने ‘त्यसपछि टनेल बनाएर गोलभेडा र काँक्रो फलाए ।’ पहिलो वर्ष खर्च कटाएर बस्यो २ लाख रुपैयाँ । उनले अहिले पाखामा कमाएको पैसा खाडी जाँदा लागेका ऋण तिरिरहेका छन् । उनी भन्छन्, सुन गाउँमै फल्ने रहेछ, म भने चारतिर भौतरिएँ । अब यही पाखोमा पसिना बगाउने हो । अहिले उनको पनि फेरिएको छ । सफल कृषक बनेर स्वदेशमै पैसा कमाउन सकिन्छ भन्ने उदाहरण दिने उनको योजना छ ।

प्रकाशित मिति : २०७४, २ चैत्र शुक्रबार  १ : २८ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला