२०८३, ३ आश्विन आईतबार

काभ्रेका गाउँपालिकाहरुको पहिलो प्राथमिकतामा सडक निर्माण,ट्रयाक खोल्नका लागि करोडौँ लगानी

काभ्रेका गाउँपालिकाहरुको पहिलो प्राथमिकतामा सडक निर्माण,ट्रयाक खोल्नका लागि करोडौँ लगानी


काभ्रे । निर्वाचन सकिएको एक वर्ष पुग्नै लाग्दा जिल्लाका सबै स्थानीय तहहरुले सडक विस्तार र मर्मतलाई पहिलो प्राथमिकता दिएका छन् । ६ नगरपालिका र ७ गाउँपालिका रहेको काभ्रे जिल्लाका गाउँपालिकाहरुले प्रतिस्पर्धात्मक रुपमै चालु आर्थिक वर्षमा सडक योजनामा बजेट विनियोजन गरेका थिए ।

अहिले धमाधम ती बजेटमा आधारित योजनाहरु अगाडि बढिरहेका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणको काम समेत अब शुरु गर्ने बेला भइसकेको छ । त्यसमा वडास्तरबाट सडककै माग धेरै आउने सम्भावना देखिन्छ । सदरमुकामसँग सिधा सडक सञ्जालमा नजोडिएको जिल्लाको अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत र खानीखोला गाउँपालिकाले पनि सडकको ट्रयाक खोल्ने काम गरिरहेका छन् । यो वर्ष करिब ४ करोड रुपैयाँ सडककै लागि विजियोजन गरेको महाभारत गाउँपालिकामा धमाधम सडक विस्तारको काम भइरहेको छ । गाउँपालिकाले छुट्याएका ७ मूख्य सडक मध्ये ६ वटा सडकको काम भइरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । “अहिले गाउँपालिका भित्रका विभिन्न सडक योजनामा १० वटा स्काभेटर चलिरहेका छन्, उनले भने “सडक नहँुदा डाँडापारिका स्थानीयले निकै समस्या झेल्नु परिरहेको छ ।”

चालु आर्थिक वर्षका लागि सडक योजनामा ६ करोड रुपैयाँ विनियोजन गरेको खानीखोला गाउँपालिकाको ७ वटा वडा मध्ये ६ वटा वडा कार्यालयसम्म पुग्ने सडक निर्माण गरिसकेको छ । वडा नम्बर ६ को कार्यालय पुग्ने सडकको काम पनि भइरहेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलाले जानकारी दिएका छन् । “तालढुंगामा रहेको गाउँपालिकाको कार्यालयबाट अहिले ६ वटा वडा कार्यालयसम्म गाडीबाटै आवातजावात गर्न सक्ने भइसकेका छौं, उनले भने “अब बाँकी रहेको एकवटा वडा कार्यालयमा पनि छिट्टै गाडी पुग्नेछ ।” सदमुकामसँग सिधा सडक सञ्जाल नजोडिदां महाभारतको गाउँपाकिाको सीमामा पर्ने सिन्धुली भएर र खानीखोलाका स्थानीय ललितपुर जिल्ला भएर धुलिखेलसम्म आउनुपर्ने अवस्था विद्यमान छ ।

त्यस्तै जिल्लाको दुर्गम कोशीपारी क्षेत्रमा पर्ने दुई गाउँपालिकाले पनि सडक निर्माणलाई उच्च प्राथमिकता दिएका छन् । चौरीदेउराली गाउँपाकिलाले ९ वटा सडकलाई १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । अहिले सडक विस्तार र पानी निकासका लागि भित्तामा कुलो काट्ने काम भइरहेको गाउँपालिकाका प्रमुख दिनानाथ गौतमले बताए । त्यस्तै भूम्लु गाउँपालिकाले २ करोड ६१ लाख २६ हजार रुपैयाँ सडक निर्माणका लागि विनियोजन गरेको थियो । गाउँपालिका हुदैँ छिमेकी जिल्लामा पुग्ने मूख्य सडक भने सडकडिभिजन कार्यालयसँग मिलेर फराकिलो बनाउने काम गरिएको उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन् ।

सडक नहुँदा अधिकांश गाउँपालिकाका स्थानीयले उत्पादन गरेका तरकारी, दुध लगायतका कृषि र पशुजन्य उत्पादनका सामानहरु बजारसम्म ल्याउन समस्या झेलिरहेका छन् । रोशी गाउँपाकिलाले साढे ७ करोड रुपैयाँ सडक निर्माणका लागि मात्रै विनियोजन गरेको उपाध्यक्ष लक्ष्मीकुमारी उप्रेती बर्तौलाले बताइन् । त्यस्तै २७ करोड ८८ लाख रुपैयाँ कुल बजेट रहेको तेमाल गाउँपालिकाले सडक निर्माणका लागि ४५ प्रतिशत बजेट विनियोजन गरेको देखिएको छ । गाउँपालिकाभित्र रहेको ९ वटा वडा कार्यालयसम्म बाह्रै महिना यातायात चल्ने गरी सडक निर्माणको काम भइरहेको उपाध्यक्ष दुर्गामाया तामाङले जानकारी दिइन् ।

बेथानचोक गाउँपालिकाले कुल ६ करोड बजेटको ७० प्रतिशत सडक निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको थियो । ५ वटा सडक आयोजनालाई मूख्य प्राथमिकतामा राखेर निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद तिमिल्सिनाले बताए । “अहिलेलाई ट्रयाक खोल्ने काम भइरहेको छ, उनले भने “यी सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी काम अगाडि बढाउने छौँ ।” अध्यक्ष प्रेमप्रसाद तिमल्सिनाले बताए ।

प्रकाशित मिति : २०७४, ३० फाल्गुन बुधबार  २ : ५६ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै