२०८३, २७ आश्विन बुधबार

कांग्रेस संसदीय दलको नेतामा देउवा अत्याधिक मतले विजयी

कांग्रेस संसदीय दलको नेतामा देउवा अत्याधिक मतले विजयी


फागुन २१, काभ्रे । नेपाली काँग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाले ६३ मत मध्ये ४४ मत प्राप्त गरी अत्यधिक मतका साथ विजयी भएका छन् ।

निर्वाचन सोमबार दिउँसो सम्पन्न भएको थियो । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले जम्मा १९ मत मात्रै प्राप्त गर्न सफल भएका छन् । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेसको प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसदहरु रहेका छन् । देउवा समुहकै केही सांसदले निर्वाचनमा लज्जास्पद हार सभापति देउवाकै कारणले व्यहोर्नु परेको भन्दै व्यापक असन्तुष्टि जाहेर गर्दै आएका थिए । नेपाली कांग्रेसका समानुपातिक र प्रत्यक्ष गरी पौडेल समुहमा १९ जना, कृष्णप्रसाद सिटौलाका ३ जना, खुमबहादुर खड्काका ५ जना सांसद छन् । संसदीय दलको नेता चयन गर्ने निर्वाचनमा देउवाको प्रतिष्पर्धी सिंहलाई आंकलन गरिएअनुसारको मत आएको देखिएको छैन ।

दलको नेतामा पार्टी सभापति देउवा नै चयन भएपछि नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राख्दै आएका मध्ये एक केन्द्रीय सदस्य चन्द्र भण्डारीले कडा टिप्पणी गर्दै भनेका छन्, ‘विभेदपूर्वक समानुपातिकको भीड जम्मा गरेर आफूलाई भोट हाल्न लगाउनु ठूलो कुरा होइन । ठुलो कुरा उहाँको नेतृत्वमा पार्टी कुन स्थानमा छ भन्ने नै हो’ नेतृत्व परिर्वतनको अभियान चलाउने ६ जना नेता मध्येका भण्डारीले भनेका छन्, ‘महत्वपूर्ण सवाल दासहरुको भेलाले युद्ध जित्न सकिँदैन ।’ अर्का सदस्य गगन थापाले संसदीय दलको निर्वाचनबाट नेतृत्व फेर्नुपर्छ भन्नेहरुलाई धक्का लागेको बताउँदै भनेका छन्, ‘यसले नेतृत्व परिर्वतनको अठोटबाट हामी थाक्छौं भन्ने होइन । लागिरहन्छौं ।’

प्रकाशित मिति : २०७४, २१ फाल्गुन सोमबार  ८ : १९ बजे

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा

राजदूत नियुक्तिमा संसदीय समितिको ब्रेक, मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा प्रस्तावित चूडामणि खरेलको नाम