२०८३, १४ कार्तिक शनिबार

सफा सुरक्षित र सुन्दर वडाका लागि बनेपा ६ ले अभियान चलाउने

सफा सुरक्षित र सुन्दर वडाका लागि बनेपा ६ ले अभियान चलाउने


फागुन २० बनेपा । बनेपा नगरपालिकाको वडा नम्बर ६ ले आफ्नो वडाको सुन्दरता कायम गर्न सरोकारवालाहरुको सहभागीतामा अभियान चलाउने भएको छ ।

आगामी फागुण २१ गते सोमवारका दिन विहान १० बजे वडाको अरनीको राजमार्ग चण्डेश्वरी खोलादेखि धुलिखेलको सिमानासम्मको दायाँबायाँ सडक सिमानाका वडाबासीहरुलाई सडक खाली गर्न अनुरोध गर्न वडाले उक्त अभियान चालाएको हो ।  अरानीको राजमार्गदेखि ७५ फिटभित्र रहेका सडक अतिक्रमण तथा बाटो अवरोध हटाई सफा गर्ने अभियानमा सहभागी हुन सम्पूर्ण वडाबासीहरुलाई वडा कार्यालयले अनुरोध समेत गरेको छ ।  वडाभित्र रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, वडाबासी बुबा आमा, दाजु–भाइ, दिदी–बहिनी तथा सरोकारवाला महानुभावहरुले अभियानमा सक्रियताका साथ सहभागी हुने विश्वास वडाले गरेको छ ।

स्वच्छ वातावरण, सुरक्षा र सुन्दरता कायम गराउन प्रतिवद्ध रहेको वडालाई सघाउनका लागि वडा नम्बर ६ का वडाअध्यक्ष सचितानन्द केसीले सबैमा अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : २०७४, २० फाल्गुन आईतबार  ७ : २८ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक