२०८३, २९ आश्विन शुक्रबार

कांग्रेसका देउवा सिंहसँग भिड्ने

कांग्रेसका देउवा सिंहसँग भिड्ने


२० फागुन, बनेपा। नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रकाशमान सिंहसँग भिड्नुपर्ने भएको छ । कांग्रेस संसदीय दलको नेता बन्नका लागि पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र सर्वोच्च कमाण्डर गणेशमान पुत्र प्रकाशमान सिंहले उमेद्वारी दिने भएपछि देउवा सिंहसँग भिड्ने भएका हुन् ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदाताको नामावली प्रकाशन र उम्मेदवारी दिने कार्यक्रम छ । भोलि हुने निर्वाचनका लागि आज साँझ उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको नेपाली कांग्रेसले जनाएको छ । निर्वाचनमा पार्टीले व्यहोर्नु परेको हारसँगै संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाप्रति नेपाली कांग्रेसमा असुन्तुष्टि चुलिएका बेला पूर्व महामन्त्री समेत रहेका नेता प्रकाशमान सिंह प्रतिस्पर्धामा आउने बुझिएको छ । आज साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम निर्धारण गरेको छ । नेता चयनका लागि मतदान भने सोमबार बिहान १० बजेदेखि १ बजेसम्म हुनेछ ।

प्रकाशित मिति : २०७४, २० फाल्गुन आईतबार  ३ : ५१ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा