२०८३, २० जेष्ठ बिहीबार

काभ्रेको डाँडाकाँडामा लटरम्मै सुन्तला, वार्षिक ४० करोड आम्दानी

काभ्रेको डाँडाकाँडामा लटरम्मै सुन्तला, वार्षिक ४० करोड आम्दानी


नमोवुद्ध । श्यामपाटी कुरगाउँकी सुनमाया तामाङको उमेरले ७२ वर्ष पुगिसकेको छ । उनको बगैचामा अहिले पनि सुन्तला सुन जस्तै पहेलपुर भएर पाकिरहेका छन् । उमेरका कारण उनी सुन्तला टिप्न र बोक्न सक्दिनन् । तर पनि सुनमायालाई सुन्तला बिक्री नहोला भन्ने कुनै चिन्ता छैन ।

श्यापाटी दाप्चाको उच्च भागमा उनको बगैंचा छ । बगैंचामा झण्डै ८० वटा लटरम्मै फलेका सुन्तलाका बोट छन् । “पहिला त अझ थुप्रै बोट थियो उनको । पछि छोराहरु छुट्टभिन्न हुने बेलामा भाग लगाउँदा मेरो भागमा ८० बोट जति परेको छ होला, उनले भनिन् “उमेरले गर्दा पनि सुन्तला टिप्न र बोक्न नसके पनि बोटबाटै बिक्री भइरहेको छ, मैले दुःख गर्नै पर्दैन ।”
सुनमाया संगैका छिमेकी माइला तामाङको १ सय ५० वटा सुन्तलाका बोट छन् । उनको सुन्तलाको बोटहरु पनि ठेक्कामा लागिसकेको छ । उमेरले ६० नाघिसकेका उनी पनि सुन्तला टिप्न र बोक्ने झन्झटबाट मुक्त छन् ।

“पहिला त बोकेर घरघरमा पु¥याएर बेचिन्थ्यो, बजार डुलाउँदै हिड्नु पथ्र्यो, उनले भने “तर अहिले ब्यापारीहरु बगैंचामा नैै लिन आउँछन्, आनन्द छ ।” सुनमाया र माइला जस्तै कुरगाउँका अधिकांश सुन्तला कृषकको बोटमा ब्यापारी सोझै पुग्ने गरेका छन् । ब्यापारीहरुले मंसिर महिनामा नै बगैचा पुगेर सुन्तलाको मोलतोल छिन्ने गर्दछन् । “सुन्तलाको दाना जति राम्रो फलाउन सक्यो त्यत्ति नै रकम बढी आउने हो, सुनमायाले भनिन् “यो पटक समयमा पानी नपरेका कारण दाना अलिक भरिलो भएन ।” यो गाउँमा २० हजारदेखि एक लाखभन्दा बढी रकम सुन्तला बिक्रीबाटै भित्र्याउने कृषक छन् ।
सुन्तलाको दाना हेरेर बोट–बोटकै मूल्य गर्ने गरिएको छ, त्यस भेगबाट सुन्तला ठेक्का गर्दै आएका एकबहादुर लामाले बताए । “अमिलो र गुलियो सुन्तला चाखेर मूल्य गर्ने गरेका छौँ, उनले भने “बोट बोट नै ठेक्कामा लिँदा साफानाफा जे भएपनि चित्त बुझाउनु पर्छ ।

” नमोबुद्ध नगरपालिका वडा नम्बर ११ अन्तर्गत पर्ने यो गाउँमा काम गर्नसक्ने उमेरका मानिस नभएको र बृद्धबृद्धाले सुन्तलाको बोट राम्रोसँग हेरचाह गर्न नसक्दा सुन्तला उत्पादन बर्षैपिच्छे कम हुदैँ गएको ब्यापारीहरुले बताउँछन् । वडाध्यक्ष कृष्णबहादुर लामाले सुन्तलाको लागि बजार ब्यवस्थापन समस्या नभएको भन्दै सुख्खापनका कारण यो वडामा सुन्तलाको बोट मर्दै जान थालेकाले सिँचाईलाई पहिलो प्राथमिकतामा राखेर विकास योजना अघि बढाइएको जानकारी दिए । “भूकम्पले भएका मुल पनि सुकाइदिएको छ, उनले भने “बर्षे पानी संकलनका लागि पोखरी निर्माण गर्न यसै बर्षदेखि बजेट समेत विनियोजन गरिएको छ ।”
कृषि विकास कार्यालयका अनुसार सुन्तला बिक्रीबाट काभ्रेमा ४० करोडभन्दा बढी रकम भित्रिदै आएको छ । जिल्लाको कुल ९ हजार ५ सय हेक्टर जमिनमा सुन्तला खेती हुदै आएको छ । जिल्लाका सुन्थान, श्यामपाटी, बलथली, रयाले, शंखुपाटीचौर, कुशादेवी, सारदाबतासे, भूमिडाँडा, पाँचखाल, पनौती नगरपालिका लगायतका क्षेत्रलाई सुन्तला पकेट क्षेत्रका रुपमा लिइएको छ ।

बगंैचा ब्यवस्थापनमा समेत कृषकहरुले उचित ध्यान नदिदाँ सुन्तला उत्पादन भने जिल्लामा बर्षेनी घटिरहेको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्क जिसी बताउँछन् । समयअवधिभित्र विरुवा काँट्छाँट नगर्ने, पुरानो र रोगी हाँगा नहटाउने, हाँगा काटेको ठाउँमा बोडोपेष्ट नलगाउने र बोडो मिक्जर नछर्ने, चोर हाँगा नहटाउने, धेरै पुरानो बोट हटाएर नयाँ नलगाउने जस्ता कारणले सुन्तलाको उत्पादन घट्दै गएको जिल्ला कृषि विकास कार्यालयको बुझाई छ । सुन्ताला खेतीमा नयाँ किसानहरु नआएकाले पनि उत्पादनमा वृद्धि हुन सकेको छैन ।

प्रकाशित मिति : २०७४, १५ फाल्गुन मंगलबार  ७ : ५१ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय