२०८३, १ भाद्र मंगलबार

लालबाबु पण्डितको निसानामा परे पाँचतारे होटल देखि नामचलेका हस्पिटलसम्म

लालबाबु पण्डितको निसानामा परे पाँचतारे होटल देखि नामचलेका हस्पिटलसम्म


सामान्य प्रशासन मन्त्री हुदाँ डीभी पीआर धारी नेता र कर्मचारीले काम गर्न नपाउने निर्णय गरेर चर्चामा आएका वर्तमान जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले पछिल्लो पटक उस्तै सनसनीपूर्ण निर्णय गरेका छन् । मन्त्री पण्डितले यसपटक पाँचचारे होटल र ठूला अस्पतालहरुहरुको ज्यादती विरुद्ध कडाईका सात उत्रिएका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० नगरी सेवा सञ्चालन गरेको भन्दै काठमाडौं विभवनमा सञ्चालित पाँचतारे होटल सोल्टी, बत्तीसपुतलीमा सञ्चालित पाँचतारे होटल द्वारिकाजलाई मन्त्री पण्डितले आइतवार एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेका छन् ।

काठमाडौंको ठमेलमा रहेको चर्चित काठमाडौं गेष्ट हाउसले पनि होटल विस्तार गर्दा ईआईए नगरेको भन्दै एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय मन्त्रालयले गरेको छ ।

त्यस्तै, रविभवनमा सञ्चालनमा रहेको सिटी होटललाई पनि ईआईए नगरेको भन्दै एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय मन्त्री पण्डितले गराएका छन् ।

मन्त्री पण्डितले काठमाडौंका चारवटा ठूला हस्पिटललाई पनि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र काटेका छन् ।

मापदण्ड पूरा नगरी सञ्चालन गरिएको भन्दै मन्त्रालयले काठमाडौंको कलंकीमा सञ्चालित नेसनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ट्रिय मैत्री बाल हस्पिटल, भृकुटीमण्डपको काठमाडौं मोडल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौं अस्पतालमाथि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र काटिएको हो ।

वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ विपरीत सञ्चालनमा नआएको पाइएपछि ती अस्पताललाई कारवाही गर्ने निर्णय मन्त्रालयले गरेको हो । अस्पतालहरुलाई मन्त्रालय स्वयंले कारवाही गर्न नमिल्ने भएकाले स्वास्थ्य मन्त्रालयलाई कारवाहीका लागि मन्त्री पण्डितले पत्र काटेका हुन् ।

त्यसैगरी तनहुँको आँबुखैरेनीमा सञ्चालनमा रहेको अरनिको आँबुखैरेनी सिमेन्ट इन्डस्ट्रिजलाई ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय मन्त्रालयले गरेको छ । उक्त उद्योगले दाङको सतबरियामा ईआईए गरेर आँबुखैरेनीमा उद्योग सञ्चालन गरेको पाइएपछि कारवाही गरिएको हो ।

मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएपछि मोरङको कमला रोलिङ मिल प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय पनि मनत्रालयले गरेको छ ।

वातावरण मन्त्रालयले काठमाडौंको बालाजुमा सञ्चालित दूध वितरण आयोजनाले मापदण्ड पूरा नगरेको पाइएको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

By november, democratic leaders agreed that willkie had been the strongest candidate that the republicans could have nominated, but at the polls the votes remained divided https://essay4today.com/ along economic lines.

प्रकाशित मिति : २०७४, १३ फाल्गुन आईतबार  ४ : ४९ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक