२०८३, १७ आश्विन आईतबार

प्रहरीमाथि ढुंगामुडा गर्ने विप्लप मओवादी कार्यकर्ता प्रहरी नियन्त्रणमा

प्रहरीमाथि ढुंगामुडा गर्ने विप्लप मओवादी कार्यकर्ता प्रहरी नियन्त्रणमा


विप्लव नेतृत्वको माओवादीले आव्हान गरेको बन्दका क्रममा डिउटीमा निस्किएको प्रहरी टोलीमाथि ढुंगामुडा भएको छ। बन्दको पिकेट डिउटी परिचालन गर्न निस्किएको सशस्त्र प्रहरीको बा १ ग १८१३ नं।को ट्रकलाई आरती स्टिल अगाडि कोशी राजमार्गमा विप्लव माओवादीका कार्यकर्ताले ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाई दिएका छन्।  घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप खाडादेवी(१ बस्ने मजदुर महासंको कोशी ब्युरो संयोजक ३० वर्षीय हरिचन्द्र खड्का र मोरङ बुढिगंगा(२ बस्ने बुढिगंगा सेक्रेटरी ६१ वर्षीय सुरेश राई रहेको प्रहरीले जनाएको छ।

यस्तै रूपन्देहीको कञ्चन गाँउपालिका(५ पिपरिचापास्थित भित्री सडकमा एउटा रोकिराखेको बसमा माओवादी कार्यकर्ताले ढुंगा प्रहार गरेका छन्। ना ४ ख ६८८० नं।को बसमा २र३ जना अपरिचित व्यक्तिहरूले ढुङ्गा हानी भागेको इलाका प्रहरी कार्यालय रूद्रपरले जनाएको छ। ढुंगा प्रहारबाट उक्त बसको ड्राईभर साईडको शिशा फुटेको छ। अन्य मानवीय क्षति केही नभएको प्रहरीले जनाएको छ।

यसैबीच बन्द गराउँदै हिँडेको २१ जना माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंका विभिन्न स्थानबाट ४ जना, मोरङबाट २ जना, सुनसरीबाट ६ जना, चितवनबाट २ जना, डोल्पाबाट १ जना र कपिलबस्तुबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०७४, ८ फाल्गुन मंगलबार  १० : ४१ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन