२०८३, ९ आश्विन शनिबार

काँग्रेस नेता शेखरले भने– प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, अहिले सरकारमा बसेर गरेका निर्णय हानिकारक छन्

काँग्रेस नेता शेखरले भने– प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, अहिले सरकारमा बसेर गरेका निर्णय हानिकारक छन्


विराटनगर, १८ माघ– नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग्दै चुनाव हारेपछि मुलुकलाई दीर्घकालीन असर पुर्याउने निर्णय गर्नु अनैतिक काम भएको वताएका छन् ।

उनले राजीनामा दिएर काम चलाउ सरकारको रुपमा काम गर्न देउवालाई सुझाव दिएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रेस युनियनले गरेको कार्यक्रममा कोइरालाले भने– ‘जनताले हाम्रो पार्टीलाई अहिले प्रतिपक्षमा बस्न म्यान्डेट दिएको छन्, यो अवस्थामा नैतिकता भएको खण्डमा प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिएर काम चलाउ सरकारको प्रधानमन्त्रीका रुपमा बस्नु उचित हुनेछ ।’

डा। कोइरालाले देउवा अलोकतान्त्रिक बनेको र उनीसँग नैतिकतासमेत नभएको आरोप लगाए । जनमत नपाएको सरकारले तत्काल राजीनामा दिएर कामचलाउ बन्दै बस्नु पर्नेमा महत्वपूर्ण र दूरगामी निर्णय गर्दै सभापति देउवा सरकारमा बसेकोमा कोइरालाले आक्रोशसमेत ब्यक्त गरे । ‘नैतिकता संस्थासँग हैन, व्यक्तिसँग रहन्छ, उहाँको स्थानमा म भएको भए राजीनामा दिएर कामचलाउ भइसक्थेँ’ नेता कोइरालाले भने ।

कोइरालाले लोकतान्त्रिक पार्टी कांग्रेस नेतृत्वको सरकार कामचलाउ बनेपछि गरेका कतिपय निर्णयहरु लोककल्याणकारी लागे पनि त्यसले देशलाई आर्थिक समस्यामा फसाउने बताए । बृद्धभत्ता, दलित, एकल महिला भत्तामा बृद्धि र उमेर हद निर्धारण तथा राजनीतिक नियुक्तिहरु गर्नु गलत कार्यशैलीको उपज भएको भन्दै उनले यी निर्णयहरु देशको हितमा नभएको बताए ।

‘चुनाव हारेपछिको सरकारले बृद्धभत्ताको उमेरहद घटाउनु, अरु अरु भत्ता दिने निर्णय गर्नु र राजनीतिक नियुक्तिहरु गर्नु गलत कार्यशैली हो’ कोइरालाले भने, ‘शेरबहादुर देउवाजीसँग नैतिकता पनि छैन, उहाँ अलोकतान्त्रिक हुनुभयो । उहाँका निर्णयले देशलाई आर्थिक भार थेग्नै नसक्ने ठाउँमा पुर्याउँछ । उहाँका यस्ता निर्णयले कांग्रेस भएका कारण मलाई पनि असजिलो लागिरहेको छ ।’

प्रकाशित मिति : २०७४, १८ माघ बिहीबार  ७ : २१ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा