२०८१, ६ चैत्र बिहीबार

शहिदको सपना पुरा गर्ने अखिल अध्यक्ष नविना लामाको उद्घोष, काभ्रेको नमोबुद्धमा विद्यार्थी शहीद पार्क निर्माण गर्ने

शहिदको सपना पुरा गर्ने अखिल अध्यक्ष नविना लामाको उद्घोष, काभ्रेको नमोबुद्धमा विद्यार्थी शहीद पार्क निर्माण गर्ने


काभ्रे । अनेरास्ववियुका अध्यक्ष नविना लामाले शहीदको सपना पुरा गर्न वलिदान दिनपनि पछि नपर्ने बताएकी छन् । उनले शहिद दिवसको अवसरमा शहीदहरुको सम्झना गर्दै उनीहरुको सम्झना र सम्मानमा ‘विद्यार्थी शहीद पार्क’ निर्माण गर्ने घोषणा गरेको छ ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामा र संस्थापक अध्यक्ष विश्वकान्त मैनाली र नमोबुद्व नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सीनाले मंगलबार काभ्रेको नमोबुद्धमा निर्माण गर्न लागिएको विद्यार्थी शहीद पार्कको संयुक्त रुपमा शिलान्यास गरेका छन् । शहीद दिवसको अवसरमा मंगलबार काभ्रेको नमोबुद्धमा भएको शिलान्यास कार्यक्रममा अखिल अध्यक्ष लामाले नेपालमा भएको हरेक राजनीतिक परिवर्तनको आन्दोलनमा विद्यार्थीहरुको भूमिका महत्वपुर्ण रहेको बताउँदै जनताको अधिकारका लागि लड्दै गर्दा ज्यान गुमाएका विद्यार्थी शहीदहरुको सम्मानका लागि शालिक र पार्क निर्माणमा आफूहरु लागेको वताइन् । उनले शहीद पार्कले विद्यार्थी शहीदको इतिहासलाई जीवन्त बनाउनुका साथै शहिदहरुको योगदान सर्वसाधरणसम्म पु¥याउन सहयोग हुने बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियुका संस्थापक अध्यक्ष बिश्वकान्त मैनालीले राजनीतिक आन्दोलन सफल बनाउन शहिदहरुले खेलेको भुमिकाको प्रसंसा समेत गरेका थिए । यसैगरी नमोबुद्व नगरपालिकाका मेयर टिपी शर्मा र वडा नं ११ का वडा अध्यक्ष कृष्णबहादुर लामाले आफ्नो नगरमा बन्न लागेको शहिद पार्क नगरकै सम्पदाको रुपमा विकास गर्दे लैजाने र यसका लागि नगरले बजेटको समेत व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए ।

शहीद पार्क निर्माणका लागि श्यामपाटी गाविसका पूर्व अध्यक्ष पदमबहादुर लामा र अर्का स्थानीय रामबहादुर तामाङले जग्गा उपलब्ध गराएका छन् । शहिद पार्कमा इर्¬लाइब्रेरी निर्माण गरी शहिदहरुको प्रोफाईल र आन्दोलनको दस्तावेजहरु राख्ने अखिल सचिव समिक बडालले बताए ।

प्रकाशित मिति : २०७४, १७ माघ बुधबार  ११ : ३३ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक