२०८२, ३० फाल्गुन आईतबार

शहिदको सपना पुरा गर्ने अखिल अध्यक्ष नविना लामाको उद्घोष, काभ्रेको नमोबुद्धमा विद्यार्थी शहीद पार्क निर्माण गर्ने

शहिदको सपना पुरा गर्ने अखिल अध्यक्ष नविना लामाको उद्घोष, काभ्रेको नमोबुद्धमा विद्यार्थी शहीद पार्क निर्माण गर्ने


काभ्रे । अनेरास्ववियुका अध्यक्ष नविना लामाले शहीदको सपना पुरा गर्न वलिदान दिनपनि पछि नपर्ने बताएकी छन् । उनले शहिद दिवसको अवसरमा शहीदहरुको सम्झना गर्दै उनीहरुको सम्झना र सम्मानमा ‘विद्यार्थी शहीद पार्क’ निर्माण गर्ने घोषणा गरेको छ ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामा र संस्थापक अध्यक्ष विश्वकान्त मैनाली र नमोबुद्व नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सीनाले मंगलबार काभ्रेको नमोबुद्धमा निर्माण गर्न लागिएको विद्यार्थी शहीद पार्कको संयुक्त रुपमा शिलान्यास गरेका छन् । शहीद दिवसको अवसरमा मंगलबार काभ्रेको नमोबुद्धमा भएको शिलान्यास कार्यक्रममा अखिल अध्यक्ष लामाले नेपालमा भएको हरेक राजनीतिक परिवर्तनको आन्दोलनमा विद्यार्थीहरुको भूमिका महत्वपुर्ण रहेको बताउँदै जनताको अधिकारका लागि लड्दै गर्दा ज्यान गुमाएका विद्यार्थी शहीदहरुको सम्मानका लागि शालिक र पार्क निर्माणमा आफूहरु लागेको वताइन् । उनले शहीद पार्कले विद्यार्थी शहीदको इतिहासलाई जीवन्त बनाउनुका साथै शहिदहरुको योगदान सर्वसाधरणसम्म पु¥याउन सहयोग हुने बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियुका संस्थापक अध्यक्ष बिश्वकान्त मैनालीले राजनीतिक आन्दोलन सफल बनाउन शहिदहरुले खेलेको भुमिकाको प्रसंसा समेत गरेका थिए । यसैगरी नमोबुद्व नगरपालिकाका मेयर टिपी शर्मा र वडा नं ११ का वडा अध्यक्ष कृष्णबहादुर लामाले आफ्नो नगरमा बन्न लागेको शहिद पार्क नगरकै सम्पदाको रुपमा विकास गर्दे लैजाने र यसका लागि नगरले बजेटको समेत व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए ।

शहीद पार्क निर्माणका लागि श्यामपाटी गाविसका पूर्व अध्यक्ष पदमबहादुर लामा र अर्का स्थानीय रामबहादुर तामाङले जग्गा उपलब्ध गराएका छन् । शहिद पार्कमा इर्¬लाइब्रेरी निर्माण गरी शहिदहरुको प्रोफाईल र आन्दोलनको दस्तावेजहरु राख्ने अखिल सचिव समिक बडालले बताए ।

प्रकाशित मिति : २०७४, १७ माघ बुधबार  ११ : ३३ बजे

पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नेपाल सरकार को मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

कांग्रेसले टुंग्यायो समानुपातिक सूची, २० मध्ये १५ जना महिला

काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभातर्फका २० जना समानुपातिक सांसदहरूको

राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद, को-को परे सूचीमा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु

भक्तपुर, ३० फागुन । सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी