२०८२, १७ माघ शनिबार

सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारूमा किन्यो

सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारूमा किन्यो


इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेट प्रतियोगिताका लागि भएको खेलाडी अक्सन ९बोलकबोल० मा पहिलो पटक नेपाली खेलाडी सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरिद गरेको छ।

५ सय ७८ जनाको अक्सन सूचीमा रहेका सन्दीप २ सय ७८ नम्बरमा थिए। अक्सन सूचीमा ७० जना क्याप्ड खेलाडी थिए भने बाँकी अनक्याप्ड हुन् । सन्दीप अनक्याप्ड क्याटागोरीमा थिए। आइपिएलको नयाँ नियम अनुसार अनक्याप्ड खेलाडीको रूपमा लामिछानेको मूल्य कम्तीमा २० लाख भारू ९३२ लाख रुपैयाँ० थियो। आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन्।

यसअघि सन्दीप पाकिस्तान सुपर लिग ९पिएसएल० र  बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए।  पहिलो चरणमा घोषणा गरिएका ११ सय खेलाडीको सूचीमा भने सन्दीप थिएनन्। तर, सन्दीप लगायत ९ खेलाडीलाई फ्रेन्चाइज टिमको विशेष आग्रहमा राखिएको थियो।

प्रकाशित मिति : २०७४, १४ माघ आईतबार  १ : ५० बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।