२०८३, २३ भाद्र बुधबार

सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारूमा किन्यो

सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारूमा किन्यो


इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेट प्रतियोगिताका लागि भएको खेलाडी अक्सन ९बोलकबोल० मा पहिलो पटक नेपाली खेलाडी सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरिद गरेको छ।

५ सय ७८ जनाको अक्सन सूचीमा रहेका सन्दीप २ सय ७८ नम्बरमा थिए। अक्सन सूचीमा ७० जना क्याप्ड खेलाडी थिए भने बाँकी अनक्याप्ड हुन् । सन्दीप अनक्याप्ड क्याटागोरीमा थिए। आइपिएलको नयाँ नियम अनुसार अनक्याप्ड खेलाडीको रूपमा लामिछानेको मूल्य कम्तीमा २० लाख भारू ९३२ लाख रुपैयाँ० थियो। आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन्।

यसअघि सन्दीप पाकिस्तान सुपर लिग ९पिएसएल० र  बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए।  पहिलो चरणमा घोषणा गरिएका ११ सय खेलाडीको सूचीमा भने सन्दीप थिएनन्। तर, सन्दीप लगायत ९ खेलाडीलाई फ्रेन्चाइज टिमको विशेष आग्रहमा राखिएको थियो।

प्रकाशित मिति : २०७४, १४ माघ आईतबार  १ : ५० बजे

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी