२०८३, २६ आश्विन मंगलबार

काठमाडौंमा पानी पर्न थाल्यो, हिमाली क्षेत्रमा हिउँ

काठमाडौंमा पानी पर्न थाल्यो, हिमाली क्षेत्रमा हिउँ


काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि पानी पर्न थालेको छ। यो वर्षको हिउँद लागेपछि पहिलो पटक पानी पर्न लागेको मौसमविदले जानकारी दिएका छन् ।

सामान्यतया हिउँदको सुरुवाती महिनामा नै पानी पर्ने भए पनि यसपाली केही ढिलो गरी वर्षा भएको हो। आज पश्चिमी क्षेत्रमा भने जमिन भिज्ने गरी पानी पर्ने अनुमान रहेको जल तथा मौसम विज्ञान विभागकी मौसमविद शान्ति कँडेलले जानकारी दिइन्। कँडेलका अनुसार आज देशभरीकै मौसम बदली भएको छ। यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्नेछ । आज दिनभरी र रातिसम्म काठमाडौं उपत्यकासहित मध्य क्षेत्र तथा पश्चिमी क्षेत्र र राति पछि पूर्वी क्षेत्रमा प्रभाव पर्ने सम्भावना रहेको छ।

सुदूरपश्चिमबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रँदा देशभरीकै मौसम बद्ली भई पानी परेको हो । यो प्रणालीका कारण हिमाली जिल्लामा हिमपात सुरू भएको छ। चिसो बढेसँगै गएरातीदेखि उत्तरी गोरखामा हिमपात भइरहेको छ भने दक्षिणी भेग सदरमुकाम आसपास क्षेत्रमा फाट्टफुट्ट बर्षा भएको छ। चुमनुब्री गाउँपालिकाको सात गाउँ, धार्चेका छ गाउँमा हिमपात भएको छ।

बुधबार बिहान चार बजेदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको त्यहाँका स्थानीयले जानकारी दिएका छन्। भूकम्प प्रभावितको जनजीवन थप कष्टकर भएको छ।

प्रकाशित मिति : २०७४, १० माघ बुधबार  ९ : १९ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका