२०८३, २५ आश्विन सोमबार

राष्ट्रियसभाको निर्वाचन माघ २४ गते

राष्ट्रियसभाको निर्वाचन माघ २४ गते


काठमाडौं । राष्ट्रियसभा निर्वाचन आगामी माघ २४ गते हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा निर्वाचनको मिति तय गरेको हो । राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछि निर्वाचन आयोगले सरकारलाई माघ २४ गते राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो भने बिहीबार बसेको सर्वदलीय बैठकमा वामगठबन्धनले तत्काल राष्ट्रिय सभाको मिति घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका थिए । मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि राष्ट्रियसभा निर्वाचनका विषयमा परामर्श गरेका थिए ।

५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येश प्रदेशबाट आठ/आठ जना चयन हुनेछन् भने तीन जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । प्रदेश सभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुनेछन् । खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपांग तथा अल्पसंख्यक १४ जना बहुमतीयबाट चयन हुनेछन् ।

सरकारले राष्ट्रियसभाको मिति तोके पनि प्रदेश प्रमुख र अस्थायी राजधानीका विषयमा अझै निर्णय गरेको छैन । प्रधानमन्त्री देउवाले भागवण्डामा प्रदेश प्रमुख तोक्ने र प्रदेश राजधानीका विषयमा बिहीबारको सर्बदलीय बैठकमा छलफल चलाए पनि वामगठबन्धनआबद्ध दल एमाले र माओवादी केन्द्रले सरकारको अधिकार भन्दै आफुखुशी निर्णय गर्न सुझाव दिएको थियो ।

प्रकाशित मिति : २०७४, २१ पुस शुक्रबार  ८ : १५ बजे

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र