२०८२, २० असार शुक्रबार

माघको पहिलो साता ओलीको नेतृत्वमा वामगठबन्धनको सरकार: सचिव ज्ञवाली

माघको पहिलो साता ओलीको नेतृत्वमा वामगठबन्धनको सरकार: सचिव ज्ञवाली


भक्तपुर । नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै केपी ओलीको नेतृत्वमा बामगठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । रफत सञ्चार क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा सचिव ज्ञवालीले अब बन्ने सरकार स्थायी सरकारका रुपमा रहने पनि बताए ।

सचिव ज्ञवालीले एमाले र माओवादीबीच बृहत छलफल र बहस भइरहेको कारण सरकार गठन लगत्तै पार्टी एकिकरण हुने दाबी गरेका छन् । पार्टी एकिकरणमा कुनै शंका नगर्न आग्रह गर्दै उनले त्यसका लागि गृहकार्य भइरहेको समेत बताए ।

सचिव ज्ञवालीले अहिलेको काम चलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्ति गैरकानूनी र नैतिकता विपरित रहेको बताए । यो गतल काम हो उनले भने ‘नयाँ सरकारलाई काम चलाउ सरकारले अहिले गरेका निर्णय सबै बदर गर्नेछ ।’ उनले अहिले सरकारमा जाने टोलीमा क्षमता र योग्यताका आधारमा राम्रो व्यक्तिहरु जाने भन्दै यदि उक्त टोलीले जनताको चाहाना अनुसार काम गर्न नसकेको अबस्थामा हेरफेर गर्न सकिने पनि बताए ।

जनताको अभिमतबाट तल परेको काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ५ बर्षका लागी प्रधानमन्त्री बन्न भनि राखेको प्रस्ताव राजनीतिक कुसंस्कार र देशमा अस्थिरता कायम गर्ने खेल भएको आरोप लगाएका छन् । कामचलाउ सरकारका प्रधानमन्त्री देउवाले राखेको उक्त प्रस्ताव अध्यक्ष प्रचण्डले अस्वीकार गरेको उनले बताए ।

कार्यक्रममा सचिव ज्ञवालीले राष्ट्रिय सभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणिकरण गर्नुपर्ने बाध्यता नरहेको बताए । सरकार गठन र अध्यादेश फरक पाटो भएकोले अध्यादेश प्रमाणिकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने उनको भनाई छ । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक तर्फको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए ।

सचिव ज्ञवालीले समग्र भूगोल, जनसंख्या र जनभावना अनुसार प्रदेश राजधानी प्रदेश सभाले नै तोक्नुपर्ने बताएका छन् । उनले राजधानीका लागी भौतिक पुर्वाधार भएको स्थान अथवा नयाँ ठाउँलाई विकास गर्ने भन्ने बिषयमा छलफल भइरहेको बताए ।

प्रकाशित मिति : २०७४, १३ पुस बिहीबार  ३ : १३ बजे

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

काठमाडौं । विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न