२०८३, २९ आश्विन शुक्रबार

माघको पहिलो साता ओलीको नेतृत्वमा वामगठबन्धनको सरकार: सचिव ज्ञवाली

माघको पहिलो साता ओलीको नेतृत्वमा वामगठबन्धनको सरकार: सचिव ज्ञवाली


भक्तपुर । नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै केपी ओलीको नेतृत्वमा बामगठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । रफत सञ्चार क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा सचिव ज्ञवालीले अब बन्ने सरकार स्थायी सरकारका रुपमा रहने पनि बताए ।

सचिव ज्ञवालीले एमाले र माओवादीबीच बृहत छलफल र बहस भइरहेको कारण सरकार गठन लगत्तै पार्टी एकिकरण हुने दाबी गरेका छन् । पार्टी एकिकरणमा कुनै शंका नगर्न आग्रह गर्दै उनले त्यसका लागि गृहकार्य भइरहेको समेत बताए ।

सचिव ज्ञवालीले अहिलेको काम चलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्ति गैरकानूनी र नैतिकता विपरित रहेको बताए । यो गतल काम हो उनले भने ‘नयाँ सरकारलाई काम चलाउ सरकारले अहिले गरेका निर्णय सबै बदर गर्नेछ ।’ उनले अहिले सरकारमा जाने टोलीमा क्षमता र योग्यताका आधारमा राम्रो व्यक्तिहरु जाने भन्दै यदि उक्त टोलीले जनताको चाहाना अनुसार काम गर्न नसकेको अबस्थामा हेरफेर गर्न सकिने पनि बताए ।

जनताको अभिमतबाट तल परेको काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ५ बर्षका लागी प्रधानमन्त्री बन्न भनि राखेको प्रस्ताव राजनीतिक कुसंस्कार र देशमा अस्थिरता कायम गर्ने खेल भएको आरोप लगाएका छन् । कामचलाउ सरकारका प्रधानमन्त्री देउवाले राखेको उक्त प्रस्ताव अध्यक्ष प्रचण्डले अस्वीकार गरेको उनले बताए ।

कार्यक्रममा सचिव ज्ञवालीले राष्ट्रिय सभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणिकरण गर्नुपर्ने बाध्यता नरहेको बताए । सरकार गठन र अध्यादेश फरक पाटो भएकोले अध्यादेश प्रमाणिकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने उनको भनाई छ । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक तर्फको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए ।

सचिव ज्ञवालीले समग्र भूगोल, जनसंख्या र जनभावना अनुसार प्रदेश राजधानी प्रदेश सभाले नै तोक्नुपर्ने बताएका छन् । उनले राजधानीका लागी भौतिक पुर्वाधार भएको स्थान अथवा नयाँ ठाउँलाई विकास गर्ने भन्ने बिषयमा छलफल भइरहेको बताए ।

प्रकाशित मिति : २०७४, १३ पुस बिहीबार  ३ : १३ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा