२०८३, १४ श्रावण शुक्रबार

ओलीपछि काभ्रेका वास्कोटाको लोकप्रिय मत, मन्त्रीको अपेक्षामा काभ्रेली

ओलीपछि काभ्रेका वास्कोटाको लोकप्रिय मत, मन्त्रीको अपेक्षामा काभ्रेली


पुष ८, बनेपा । संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको जारी संविधान २०७२ का आधारमा सम्पन्न भएको पहिलो आम निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ का गोकुल वास्कोटाले प्रतिनिधिसभामा दोश्रो लोकप्रिय मत ल्याएका छन् । उनी देशभरका प्रतिनिधिसभा उम्मेदवारमा सबैभन्दा बढी मत ल्याउनेमा दोस्रो भएका हुन् ।

पहिलो नम्बरमा एमाले अध्यक्ष केपी ओली रहेका छन् । ओली ५७ हजार १ सय ३९ मतका साथ देशभरबाट सबैभन्दा बढी मत ल्याउनेमा पहिलो नम्बरमा परेका हुन् भने वास्कोटाले ५५ हजार ५ सय २६ मत ल्याएर दोस्रो स्थानको रेकर्ड कायम गरेका छन् । प्रतिनिधिसभा काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित भएका सांसद गोकुल वास्कोटाले प्राप्त गरेको मतलाई निर्वाचन आयोगद्वारा हेरफेर गरिएपछि ओलीपछि उनको दोस्रो मत कामय भएको हो ।

यसअघि निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्दा सांसद वास्कोटाले ५४ हजार ४ सय २७ मत प्राप्त गरी विजयी भएको घोषणा गरेको थियो । आयोगले सांसद गोकुल वास्कोटाको मत जोड्ने क्रममा भुलवस प्राप्त मत जोड्न छुटेको भन्दै वास्कोटाले ५५ हजार ५ सय २६ मत पाएको जनाएको छ । निर्वाचन आयोगले सोहीअनुसार मत परिणाम सार्वजनिक गरेको छ । आयोगले पहिला सार्वजनिक गरेको मतभन्दा वास्कोटाको १ हजार ९९ मत फरक भएको छ । उता वास्कोटाका प्रतिष्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यको पनि केही मत फरक परी ३६ हजार ७ सय ५३ मत कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकर पोखरेलले जनाएका छन् ।

यसअघि ५० हजारभन्दा बढी मत ल्याएर निर्वाचनमा विजयी हुने ६ जना सांसदहरुमध्ये एमाले अध्यक्ष ओलीपछि दोस्रो स्थानमा दोलखाका एमाले सांसद पार्वत गुरुङ रहेको निर्वाचन आयोगको मत तथ्याङ्कले देखाएको थियो । गुरुङ ५५ हजार ४ सय ५७ मत प्राप्त गरी विजयी भएका थिए । उनी अत्याधिक मतान्तरमा विजयी हुने पहिलो नम्बरका सांसद भएका छन् । उनी ३० हजार मतअन्तरमा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगको पछिल्लो मत तथ्याङ्कका आधारमा दोलखाका पार्वत गुरुङले तेस्रो लोकप्रिय मत पाएका छन् । यसैगरी ५० हजार मत कटाएर निर्वाचित हुनेमा वाम गठबन्धनको तर्फबाट एमालेका सुरेन्द्र पाण्डे चितवन १, अर्घाखाँचीबाट वाम गठबन्धनकै माओवादी केन्द्रको तर्फबाट टोपबहादुर रायमाझी, र बार्दिया २ बाट माओवादीकै सन्तकुमार थारु रहेका छन् ।

यसैबीच काभ्रेली मतदाताहरुले दोस्रो लोकप्रिय मत प्राप्त गर्ने काभे्रका गोकुल वास्कोटा मन्त्री बनेर जिल्लाको मुहार परिवर्तन गर्ने अपेक्षा राखेका छन् । एमालेका प्रभावशाली युवा नेताको रुपमा चिनिने वास्कोटा पार्टी केन्द्रमा समेत राम्रो पहुँच र प्रभाव राख्ने प्रखर युवा नेताको रुपमा परिचित छन् । विद्यार्थी जीवनदेखि नै वाम राजनीतिमा सक्रिय उनी एमाले काभ्रेको ३ कार्यकालसम्म अध्यक्ष रही हाल केन्द्रीय स्कूल विभाग सदस्यको जिम्मेवारीमा छन् । जिल्लामा अहिले मतदातालाई धन्यवाद र आभार व्यक्तमा नै व्यस्त रहेका बास्कोटा मन्त्रीको सम्भावना भएका सांसद हुन् । उनले आम काभ्रेली मतदाताहरुबाट मन्त्रीको शुभेच्छा समेत लिइरहेका छन् ।

राजधानीबाट नजिक रहेको काभ्रे जिल्लाका राजनीतिक नेतृत्वहरुले राष्ट्रिय राजनीतिमा खासै प्रभाव जमाएको पाइएको छैन । वास्कोटा पनि मन्त्री पद भन्दा सुशासन कायम गरी देखाइएको सपनालाई पूरा गर्नुपर्ने दायित्व आफूलाई भएको ठान्छन् । त्यसका लागि कर्मचारीतन्त्रले अब बन्ने नयाँ सरकारलाई सकारात्मक रुपमा सघाउनु पर्ने उनको स्पष्ट मान्यता छ ।

प्रकाशित मिति : २०७४, ८ पुस शनिबार  ४ : ५३ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा