२०८३, ८ असार मंगलबार

सांसद गोकुल वास्कोटा भन्छन्– पार्टी एकता नभए प्रचण्ड र ओली ज्ञानेन्द्र जस्तै खेरा जानेछन्

सांसद गोकुल वास्कोटा भन्छन्– पार्टी एकता नभए प्रचण्ड र ओली ज्ञानेन्द्र जस्तै खेरा जानेछन्


पनौती । काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गोकुल वास्कोटाले निर्वाचनको मोर्चामा पार्टी एकीकरण गर्ने उद्देश्य सहित वाम गठबन्धन बनाएका एमाले अध्यक्ष खड्गप्रसाद ओली र पुष्पकल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता नगरे पूर्व राजा ज्ञानेन्द्र शाह जस्तै खेरा जाने बताएका छन् ।

नेपाली जनताले झण्डै दुईतिहाई बहुमत दिएर पार्टी एकताको सन्देश दिएको उल्लेख गर्दै उनले ‘वाम गठबन्धनका शिर्ष नेतृत्वले भूल गर्न नहुने र गरे सजायँको भागीदार हुनुपर्ने धारणा राखेका हुन् । पनौती नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वास्कोटाले यस्तो धारणा राखेका हुन् ।

जनताले दिएको जनमतको उच्च प्रशंसा गर्दै मरुभूमीमा झमझम पानी गरेको जस्तो भएको छ । जनतामा उत्साह र जाँगर पलाएको छ । ‘सबैले सहकार्य र एकरुपता कायम गरी गएमा राजनीतिक परिवर्तन जस्तै आर्थिक परिवर्तन पनि सम्भव छ’ उनले भने, हामीले श्रमलाई सम्मान गर्ने संस्कारको विकास गरी हामीसँग भएको श्रोतको परिचालन गर्ने हो । हामीले भनेको समृद्धि त्यहींबाट सम्भव हुनेछ ।

एकअर्को प्रसंगमा सांसद वास्कोटाले गठबन्धनले प्रस्तुत गरेको सपना जनताको जीवनमा अनुदित हुनुपर्ने र नयाँ पुस्ताले अर्कै नयाँ सपना देख्नुपर्ने बताए । जनताले वामपन्थीको सरकारका लागि आरामदायी मत दिएर नयाँ परीक्षण गरेको उल्लेख गर्दै उनले भने, फरक स्वाद लिन जनता व्यग्र प्रतिक्षामा छन् । असंख्य सपना र परिवर्तनको आभाषको परीक्षण यही बेला हुनेछ । पाँच वर्षभित्र पूरा गर्ने भनेर देखाइएको सपनालाई पूरा गर्न कर्मचारीतन्त्र जसले आफूहरुलाई स्थायी सरकार भन्दछन् उनीहरुले त्यसैगरी सघाउनुपर्ने धारणा राख्दै उनले भने, ‘उनीहरुले नसघाए निर्मम अप्रेशन थालेर मात्रै ती सपनाहरु हामी पूरा गर्न सक्छौं ।’

कर्मचारीले आफूमा सुधार गर्नुपर्छ, त्यही सुधारको फराकिलो दृष्टिकोणको अध्याय आफूहरुको बीचमा बाँकी रहेको उनले बताए । ‘कर्मचारीले नेतृत्वलाई दोष थोपर्ने र नेतृत्वले कर्मचारीलाई अयोग्य देखाएर अब उम्कन पाइँदैन’, उनले भने– राष्ट्रको जीवन वर्वाद पार्ने छुट कसैलाई छैन । अब पार्टीको झण्डा ओढेर कर्मचारीलाई काम छल्ने छुट दिइने छैन । सम्मान तथा स्वागत कार्यक्रममा उनले पार्टीलाई चन्दा दिएको आधारमा नेतृत्वलाई घेराबन्दीमा पार्ने प्रथाको समेत अन्त्य अबको नेतृत्वले गर्ने विश्वास दिलाउँदै उनले भने अब ८० प्रतिशतभन्दा विलोमा काम गर्न दिइने छैन । पनौती गरपालिकाका प्रमुख भीम न्यौपानको अध्यक्षतामा सम्पन्न नवनिर्वाचित सांसदहरुलाई राखिएको स्वागत तथा सम्मान कार्यक्रममा सांसदहरु गंगाबहादुर दोङ ‘बमध्वज’, रत्न ढकाल, चन्द्र लामा, लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईलाई स्वागत र सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७४, ७ पुस शुक्रबार  ७ : १३ बजे

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा