२०८३, १० आश्विन आईतबार

काभ्रेको मण्डनदेउपुरमा कालीदेवी विद्यालयले अत्याधुनिक भवन पायो, स्थानीय अभिभावक, विद्यार्थीमा खुशीयाली (फोटो फिचर)

काभ्रेको मण्डनदेउपुरमा कालीदेवी विद्यालयले अत्याधुनिक भवन पायो, स्थानीय अभिभावक, विद्यार्थीमा खुशीयाली (फोटो फिचर)


मण्डन देउपुर । काभ्रेको मण्डनदेउपुर नगपालिकाको नौविसेमा रहेको कालीदेवी आधारभूत विद्यालयले अत्याधुनिक भुकम्प प्रतिरोधी भवन पाएको छ ।

भुकम्पले क्षति पुगेको उक्त विद्यालयलाई एसियाली विकास बैंको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त विद्यालय भवन वालमैत्री, अपाङ् मैत्रीयुक्त बनाइएको छ ।

विद्यालयमा खानेपानी, सौर्य उर्जा, लाइवे्रअरी, विज्ञान प्रयोगशाला समेतको सुविधा उपलब्ध छ । भुकम्पबाट क्षतिपुगेका १४ जिल्लामध्ये काभ्रेमा निर्माण गरिएको एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण सम्पन्न गरिएको यो विद्यालय पहिलो हो । विद्यालयको उद्घाटन शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले गरेका थिए । नवनिर्मित विद्यालय उद्घाटन कार्यक्रममा रेग्मीले खुला आकाशमुनि रहेका विद्यार्थीलाई सुविधासम्पन्न भवनमा अध्यापन गराउन शिक्षा मन्त्रालयले थालेको यो अभियानमा एडीवीले सहयोग गरेकामा प्रशंसा गरेका थिए ।

एशियाली विकास बैंक(एडिबी)को आर्थिक सहयोगमा विद्यालय भवन बनी व्यवस्थापन समितिलाई हस्तान्तरण हुँदै गरेको कार्यक्रममा आएका यहाँका अभिभावक, शिक्षक तथा विद्यार्थीले खुशी व्यक्त गरेका हुन् । उक्त विद्यालयका नवनिर्मित चार भवन भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत शिक्षा मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइसँग सम्बन्धित सार्वजनिक पूर्वाधार हो । 

भूकम्पपछि पठनपाठनमा समस्या हुनाका साथै यहाँ अध्ययनरत विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यता थियो । नयाँ भवन निर्माणसँगै नजिकै अन्य विद्यालय तथा निजी विद्यालयमा गएका विद्यार्थी पनि सोही विद्यालयमा फर्किएका छन् ।

जिल्लामा २ सय ९२ विद्यालय भवन भूकम्पबाट पूर्णरुपमा तथा १ सय ३२ विद्यालयमा आंशिक क्षति भएको थियो । ती भवन पुनर्निर्माणकै क्रममा रहेका छन् । जिल्लामा एडिबीको सहयोगमा बन्ने २८ भवन मध्येको यो नै पहिलो हस्तान्तरण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेका प्रमुख सरदकुमार भण्डारीले बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अधयक्ष बलराम सापकोटाले भूकम्पलगत्तै विद्यार्थी घटेर ५८ मा सीमित भएकामा भवन बन्ने विश्वास भएपछि यहाँ विद्यार्थी संख्या १ सय २८ पुगेको बताए ।

विद्यालय भवन हस्तान्तरण कार्यक्रममा एडिबीका देशीय निर्देशक मुख्थोर खामुदखानोभले नवनिर्मित भवनले विद्यालयका शिक्षक तथा विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भवनको मर्मतसम्भारमा ध्यान दिन आग्रह गरेका थिए ।

मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवाले शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय तह सक्षम हुनुपर्नेमा जोड दिएका थिए । उनले भने यो मण्डन देउपुर नगरपालिकामा शिक्षा इकाई निर्माणका लागि शिक्षा मन्त्रालयले कर्मचारी नखटाएको प्रति आपत्ति जनाए ।

 

प्रकाशित मिति : २०७४, ५ पुस बुधबार  ५ : ४२ बजे

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा

सोह्र श्राद्धमा पितृको सम्मान र श्रद्धा अनिवार्य छ : संस्कृतिविद् भट्टराई

काठमाडौं । सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई